तमु ल्होसार, तमु(गुरुङ्ग) जातिको महत्वपूर्ण पर्व हो । यो पर्वलाई तमु जातिहरुले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । ल्हो र सार मिलेर ल्होसार बनेको पाईन्छ । ल्होको अर्थ वर्ग र सारको अर्थ सर्नु भनि मानि आएकोले ल्होसारलाई नयाँ वर्गको सुरुवात वा नयाँ वर्षको सुरुवात हुने दिनको रुपमा मनाईन्छ । यस दिनले तमु( गुरुङ्ग) समुदायको नयाँ सम्बत सरु भएको जनाउँछ । प्राचिन तमु प्ये शास्त्र अनुसार यस दिन तमुहरुका प्रथम पुरुषको उत्पत्ति भएको समेत मानिन्छ ।
तमु पात्रो अनुसार ल्हो(वर्ग) समेटने गरी बाह्र वर्गका नामहरु विभिन्न जनावरहरुको नामबाट राखिएको पाईन्छ । यसलाई तल प्रस्तुत गरिएको
छ ।
१. च्यू–ल्हो (मुसा वर्ग )
२. लों–ल्हो ( गाई वर्ग )
३. तो–ल्हो ( बाघ वर्ग )
४. हि–ल्हो ( बिरालो वर्ग )
५. मिप्ह्रि –ल्हो ( गिद्ध वर्ग )
६. सप्ह्रि –ल्हो ( सर्प वर्ग )
७ त ल्हो ( घोडा वर्ग)
८. ल्हु –ल्हो ( भेडा वर्ग )
९) प्र –ल्हो ( बाँदर वर्ग )
१०. च्ह्या –ल्हो ( चरा वर्ग )
११. खि– ल्हो (कुकुर वर्ग )
१२. फो– ल्हो ( मृग वर्ग )
माथि उल्लेखित वर्गहरु हरेक वर्ष पौष १५ गतेबाट परिवर्तन हुँदै जाने र नयाँ वर्गको सुरुवात हुने हुँदा तमु ल्होसारलाई नयाँ वर्षको सुरुवात भएको दिनको रुपमा मनाईन्छ । यस वर्ष च्यू–ल्हो (मुसा वर्ग ) को विदाई र लों–ल्हो ( गाई वर्ग ) को स्वागत गरी तमु ल्होसार मनाईदै छ । यस वर्ष पौष १४ गतेसम्म जन्मलिने बच्चा मुसा वर्ग र पौष १५ गते र त्यसपछि जन्मिने बच्चा गाई वर्ग हुन्छ । यसको अर्थ पौष १४ मा जन्मिने बच्चा पौष १५ गते दुइ दिनको मात्र नभई एक वर्ष पूरा गरेको भनेर समेत गणना गरिन्छ ।
तमु जातिहरुले विशेषगरी मागी विवाह गर्दा केटा र केटीको वर्ग मिलाउने र मिचो मिलेमात्र मागी विवााह गर्ने चलन रहेको छ । यसका साथै शुभ, अशुभ जुनसुकै कार्य गर्दा पनि वर्ग अनुसार गरिने चलन रहेको छ । देश विदेशमा रहेका तमुहरुले ल्होसारको अघिल्लो दिन पौष १४ गतेको राती १२ बजेको समयलाई आधार मानि नयाँ वर्गको सुरुवात भएको मान्दछन् । पौष १४ गते राती पुरानो वर्गलाई बिदाई रनयाँ वर्गलाई स्वागत गर्न आगोको धुनी ( द्ययचल ँष्चभ ) लगाई साथी भाइ जमघट भई रात विताउने गर्दछन् । त्यसैगरी पौष १५ गतेका दिन आफ्ना परिवार, नातागोता, साथीभाइ, आदिलाई बोलाई शुभकामना आदान–प्रदान समेत गर्दछन् । यसका साथै नराम्रो ग्रह दशको प्रभाव छल्न लामा, क्याप्री गुरुहरुबाट ग्रहदशा कटाई रीपा लगाउने चलनपनि रहेको छ ।
तमु ल्होसारको दिन तमु जातिहरु आफ्नो जातिय पोशाकमा सजिएर बजार परिक्रमा गर्ने, भोजभतेर गर्ने र शुभकामना आदान प्रदान गर्ने समेत गर्दछन् । तर यस वर्ष कोभिड–१९ को असरले गर्दा नेपालका विभिन्न शहरहरुमा तमुहरु जमघट भई धुमधामसाथ मनाउने अवस्था नरहेतापनि आ–आफ्नो परिवार सुरक्षितसाथ मनाउने छन् । तमु ल्होसार २०७७ को लों– ल्हो सुरुवातसंगै काभिड–१९ को अन्त पनि होस् भन्ने कामना गर्दछु ।
तमु ल्होसारको महत्व
previous post