
एम ए अर्थशास्त्र
गरिब जनताले गरिबिबाट माथी उठ्नको लागि आफ्नो व्यवस्था आँफै गर्न सक्दैनन् । यसमा सरकारले उपयुक्त आर्थिक नीति र सरकारी बजेटबाट धेरै रकम खर्च गर्ने निति अबलम्बन गर्नुपर्दछ । विश्वबैंकका अर्थशास्त्री भन्दछन्– सरकारी लगानीबाट बिशेष भूमिका खेल्नु पर्दछ । विकास अभियानलाई सफलतातिर मोड्नका लागी सरकारी र निजि क्षेत्रका नीति होसियारीपूर्वक एकसाथ लागु गरिनुपर्दछ । जुन सन्तुलित हुनु अनिवार्य छ । सरकारी साधन नपुगेको अजस्थामा जनसहभागिताको आह्वान गर्नु पर्दछ । रोजगारी सृजना गर्ने उद्योगलाई चलायमान गराउन सरकारी अनुदान दिएर उत्पादन प्रोत्साहन निति अबलम्बन गर्नु श्रेयकर मानिन्छ । व्यवस्थापन पक्ष कमजोर भएको अवस्थामा लगानी खेरजाने सम्भावना बढी रहन्छ । नयाँ नयाँ प्रबिधिको अनुसरण सुप्रशिक्षित श्रमिकको माग बढाउने वातावरणले तिब्र विकासको वातावरण सृजना गर्ने नीति, त्यस्ता उद्योगले अबलम्बन गर्नु उपयुक्त हुन्छ । आर्थिक विकासमा उपयुक्त शैक्षिक जनशक्तिको विशेष महत्व रहन्छ । नेपालको विकास इतिहासलाई विश्लेषण गरी हेर्दा गरिबिमा जनसमुदायले आवश्यक सहयोग नगर्नुमा उनिहरु वैज्ञानिक शिक्षाबाट बन्चित हुनु नै प्रमुख यथार्थता हो । यसलाई संक्षेपमा यसरी व्यक्त गर्न सकिन्छ । ‘The economic growth is not equitably reaching the poor and the poor people are not significantly contributing to economic development and economic growth’ निरक्षर र अज्ञान मानिसहरु विकासको मूलधारबाट टाढा रहेका कारण राष्ट्रिय विकास अभियानमा उनिहरु असमर्थ रहेका छन् । वैज्ञानिक शिक्षाबाट विशिष्ट ज्ञान प्राप्त गर्नुका साथै विश्वासका मूल्यहरुमा परिवर्तन ल्याउँदछ जसबाट समाजको धारणामा परिवर्तनका संकेत देखिन थाल्दछ । बैज्ञानिक शिक्षाले अन्तराष्ट्रिय प्रतिस्पर्धा र दिगो विकासको जग बसाल्न मद्दत गर्दछ । वैज्ञानिक शिक्षाको योगदान मानविय आवश्यकताको रुपमा दैनिक आवश्यकता पुरा गर्ने माध्यमको रुपमा र समयानुसारको विकासलाई दिगो र दुत्तत्तर बनाउने कार्यमा सहयोगी बन्दछ । त्यसैले भन्नेगरिन्छ ज्ञान उत्पादनको सबैभन्दा शक्तिशाली यन्त्र हो । मानविय साधनको गुणस्तर, शिक्षामा गरिएको खर्चबाट सुधार गर्न सकिन्छ ।
नेपालको ग्रामिण अर्थतन्त्रलाई दिगो विकासको रुपमा अत्मसात गर्न शिक्षा, स्वास्थ्य, रोजगारमा लाखौं मानिस जोडन सकेको खण्डमा दिगो विकास मोडल (Sustainable Development Model) अवधारणख कार्यान्वयन गर्न सकिन्छ । वर्तमान समयमा पुरानो राज्यसत्ताले ल्याएका कार्यक्रमले न्यूनउत्पादन, गरिबि, विभेद, असमानता, आर्थिक वृद्धिलाई परिवर्तन गर्न सकेको छैन । कार्यान्वयन र राजनैतिक नेतृत्व भ्रष्टाचारमा डुबेको कारण जनताको जीवनस्तरमा खासै परिवर्तन देखिएको छैन । समाजमा शशक्तिकरण भएको भए विकासलाई निर्मूलन नै गर्नु पर्दछ । पुरानो राज्यसत्ताका अबयब मिति सकिएका दवाइजस्तै हुन् । यिनिहरुको ज्ञान, धारणा र व्यवहारमा कुनै परिवर्तन आउने सम्भावना नै छैन । यि सबै दललाई समाजले तिरस्कार नै गर्नुपर्दछ । नयाँ युवा, नविनतम सोँच, नयाँ प्रविधि, नयाँ ज्ञानले ओतप्रोत भएका युवालाई राष्ट्रको विकासको जिम्मेवारी सुम्पनु पर्दछ ।
नेपाललाई पूर्वि एसियाका देश जस्तै हङकङ, सिंगापुर, जापान, दक्षीण कोरीयाले सन् १९६० देखि १९९० सम्मको तीन दशकमा आर्थिक विकास र वृद्धि गरी पश्चिमा देशको विकासलाई उछिनेका छन् । जसलाई पूर्वि एसियाको चमात्कार (Miracle of South East Asia) भनिन्छ । जसको समग्र अर्थतन्त्रमा भएको अभूतपुर्व परिवर्तनलाई Economic tiger of Asia पनि भनिन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रण र शुशासन मात्र कायम गरेर देश विकासका मोडेलको इतिहासको गहिरो अध्ययन गरेका युवाहरु पङ्तिबद्ध भएर देश विकासमा आफ्नो स्थान खोज्न लागी परेका छन् । यसमा अवरोध गर्न प्रयास गर्ने दलका नेता तथा कार्यकर्तालाई टोल टोलबाट, गाउँगाउँबाट, जिल्ला जिल्लाबाट लखेट्नुको अर्को विकल्प छैन ।
हामी हाम्रो गाउँ, हाम्रो सहर, हाम्रा स्थानिय उद्योग, यातायात, स्वास्थ्य सञ्चार, गास, बास, कपास रोजगारी सृजना गर्दै सगरमाथाको उचाइमा विकासलाई लैजाने संकल्प प्रत्यक युवाले लिएका छन् । केबल झोले कार्यकर्ताले यसलाई अगाडी बढ्न दिएका छैनन् ।
समाजको व्यापक शशक्तिकरणले सामाजिक आर्थिक विकासलाई टेवा मिल्छ । नेपाली अर्थतन्त्रमा लगानी गर्दा केन्द्र र स्थानिय निकाय बिचमा प्रभावकारी समन्वय, पूर्ण जनसहभागितामा आधारित विकास मोडेल, विकेन्द्रीकरण, राज्यका निकाय जनताप्रति उत्तरदायी, दिगो विकासको ढाँचालाई अबलम्बन गर्नु नै सबै भन्दा श्रेयकर मानिन्छ । यि सबै तथ्यलाई आत्मसात गर्दै वर्तमान समयमा नेपाली युवा नेतृतवले विकास अभियान अगाडी बढाउन खोजीरहेका छन् । यसमा सबै सचेत नागरिकले सहयोग गरिदिनु अनिवार्य सर्त हुन्छ ।
