सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम भएको छ भने निस्ट कलेज दोस्रो भएको छ। काठमाडौँको ढुकु फुटसल सेन्टरमा शुक्रवार र शनिवार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा न्यू मिलेनियम कलेज ले २ गोल र निस्ट कलेज ले १ गरेका थिए। उक्त फुटसल प्रतियोगितामा विभिन्न कलेज का २३ फुटसल टिमको सहभागिता रहेको थियो ।
रोमाञ्चक फाइनल खेलमा दुवै तर्फको आक्रामक रणनीतिपूर्ण खेल रहेको थियो । प्रतियोगिताको विजेता न्यू मिलेनियम कलेज ले नगद १ लाख साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो। यस्तै उपविजेता निस्ट कलेजले ५० हजारका साथै सिल्ड, मेडल , प्रमाणपत्र प्राप्त गरेको थियो।
![](https://tanahunawaj.com.np/wp-content/uploads/2019/12/81697860_2689645781121797_879453944663769088_o-300x200.jpg)
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने न्यू मिलेनियम कलेज बाट खेलेका अनिल खड्का ले वेस्ट प्लेयर उपाधि हात पारे भने हाई स्कोर उपाधि पनि न्यू मिलेनियम कलेज कै पेम्बा नोर्बु सेर्पा ( १० गोल ) थिए ।