दमौली/पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको छ । महासंघ तनहुँ शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, २०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गर्ने निर्णय गरको हो । उक्त पुरस्कारको राशी रु पाँच हजार रुपैयाँ छ । राशी १० हजार रुपैया राशीको टिकानिधी ढुङ्गाना पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले
जानकारी गराए ।
यसैगरी १० हजार राशीकै भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान निर्णय भएको छ । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासंघले जनाएको छ । बैठकले शाखाको साधारण सभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
Uncategorised
-
सेवार/व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर सोही वडामा रहेको सर्वज्योति…
-
दुलेगौंडा/नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको माघ ३ गते सम्पन्न २१औं अधिवेशनले…
-
दुलेगौंडा/नवज्योति आमा समूहले शुक्लागण्डकी–२ को गाछेपानीमा सामुदायिक भवन निर्माण गरेको छ । पचास लाख…
-
दमौली/प्रधानमन्त्र खड्ग प्रसाद ओलीले संसद विघटन गरेसंगै विरोधमा रहेको नेपाली काँग्रेसले विरोधका विभिन्न चरणको…
-
संसारका अधिकांश देशका नागरिकको घरको क्यालेण्डर फेरिएको छ । लगभग संसारका सबैले स्वीकारेको समय…
-
संसदको सार्वजनिक लेखा समितिको पौष ३ गते शुक्रबारको वैठकले ओम्नी समूह मार्फत गत चैत्रमा…
-
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्य सञ्चालनका प्रमुख तीन अंग हुन् । व्यवस्थापिकाले राज्य सञ्चालनको…
-
ओली सरकारका अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुर्मुराएको छ । कोरोना…
-
व्यक्ति हत्या बन्द गर अघिल्लो साताको मंगलबार मोरङ जिल्लाको मिक्लाजुुङ गाउँ पालिका वडा नं…