रमेश बिकल
२०४६ चैत्र २६ को रातीलाई प्रस्थानविन्दु मान्दा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालेको ३३ वर्ष पूरा हुन लागेको छ ।
बहुदलको स्थापना भनौं या प्रजातन्त्रको स्थापनासंगै जनताका विकास आकांक्षा चुलिए र ति आकांक्षा चुल्याउनेहरु बहुदलबादी नेताहरु नै थिए । तर खासगरी आर्थिक अभावका कारण देशले विकासको अपेक्षित गति लिन सकेन । पार्टीहरु बीच सत्ताका लागि हुने छिनाझम्टी, बढ्दो भ्रष्टाचार, अपराधको राजनीतिकरण, नेताहरुको परिवार र आफन्त मोह जस्ता अनेकौं कारण पनि देश विकासले अपेक्षित गति लिन नसकेको हो ।
प्रजातन्त्र स्थापनाको तीन दशक वितिसक्दा पनि जनताको आकांक्षा उपयुक्त ढंगले सम्बोधन हुन नसक्दा आम जनतामा असन्तोष बढ्दै गएको छ । यो असन्तोषमा मलजल गर्दै नेपालका बामपन्थी दलहरु खासगरी नेपाली कांग्रेसलाई गाली गर्छन् । उनीहरुको भाषामा यो ३३ वर्ष कांग्रेसले केही गरेन । आफुहरुले सत्तामा विताएको समय चटक्क भुलेर केवल कांग्रेसमाथि दोष थोपरेर पानी माथिको ओभानो बन्ने रोगबाट नेपाली बामपन्थी दलहरु अझै मुक्त हुन सकेका छैनन । के कांग्रेसले मात्रै शासन गरेको हो त यो ३३ वर्ष ? तथ्यलाई केलाएर हेरौं ।
प्रजातन्त्र प्राप्ती पछिको यो कालखण्डमा नेपाली कांग्रेसले पटक पटक गरेर एकल सत्ता सञ्चालन गरेको ६ वर्ष ४ महिना हो । कांग्रेसको नेतृत्वमा संयुक्त सरकार १० वर्ष ६ महिना सञ्चालन भयो भने अन्यको नेतृत्वमा कांग्रेस ५ वर्ष सत्तामा रह्यो । नेकपा एमाले एक्लैले ४ वर्ष २ महिना सत्ता सञ्चालन ग¥यो भने एमालेको नेतृत्वमा अन्य दल मिश्रित सरकार ३ वर्ष ८ महिना चल्यो । अन्यको नेतृत्वमा एमाले ७ महिना सरकारमा बस्यो । कांग्रेसलाई केही गरेन भनेर सधै सत्तोसराप गर्ने एमाले कांग्रेससंग सत्ता सहयात्रीका रुपमा १० वर्ष दुइ महिना रह्यो । प्रजातन्त्र प्राप्ती पछिको कालखण्डको आधाभन्दा बढी समय बामपन्थीहरु सत्तामा रहे तर केही भएन भन्नेहरुले लगाएको आगोमा ध्यू थप्दै उनीहरु कांग्रेसलाई गाली गर्छन् ।
यो तीन दशकभन्दा बढीको समय कांग्रेसले खेर फाल्यो भनेर गाली गर्नेहरुले स्वीकारेका तथ्यहरु पनि मनन गर्नुपर्ने हुन्छ । देशमा प्रजातन्त्रको स्थापना हुँदाको बखत गरिबीको रेखामुनी रहेको जनसंख्या ५५.२ प्रतिशत रहेकोमा हाल यो घटेर ८.२ प्रतिशतमा झरेको तथ्य हाम्रा सामु छ । विद्यालयको संख्याकै कुरा गर्दा त्यतिबेला मुस्किलले २ हजार विद्यालय थिए तर आजको दिनमा १० हजार ६ सयभन्दा बढी विद्यालयहरु रहेका छन् । औसत आयुकै कुरा गर्ने हो भने पनि त्यतिबेला ५४ वर्ष हरेकोमा अहिले बढेर ७१ वर्ष भएको छ ।
२०४७ सालमा पञ्चायतले बहुदलबादीलाई सत्ता सुम्पँदा देशभर शौचालय भएका घर भेट्न मुस्किल थियो, अहिले शौचालय नभएका घर भेटिँदैनन् । त्यतिबेला विद्युत सुविधा पुगेको परिवार ९ प्रतिशत थियो भने अहिले झण्डै ९० प्रतिशत घरमा विद्युत सुविधा पुगेको छ ।
विद्युत उत्पादनको अवस्था त्यस्तै छ । झण्डै ७० हजार ल्याण्डलाई न फोन सुविधामा सिमित अवस्थाबाट दूरसञ्चार सेवा प्रदायक निकायको तथ्याङ्कलाई आधार मान्ने हो भने ३ करोड ८० लाख मोबाईल सेवा उपलब्ध छ ।
इन्टरनेटको सुविधा गाउँ गाउँ पुगेको छ । ७ हजार ३३० किमी सडक भएको अवस्थाबाट हामी झण्डै एकलाख किमी सडक भएको अवस्थामा आइपुगको छौं । यी र यस्ता धेरै तथ्यहरु छन् जसले जनअपेक्षा अनुसार नभएको होला तर देशका हरेक जसो क्षेत्रमा उल्लेख्य परिवर्तन भएको देखाएको छ ।
कांग्रेसलाई गाली गरेर मत बटुल्न त सकिएला तर को कति सत्तामा बस्यो भन्ने कुराको सामान्य हेक्का राख्नेहरुले झुठ थाहा पाउने तर्फ बामपन्थीहरु सचेत हुनैपर्छ । अनि संगै यो तिन दशकमा भएको परिवर्तनमा हाम्रो पनि भागिदारी छ भन्ने बाटो रहन्छ ।
समाचार
-
दमौली/जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम अन्तरगत दशवटै पालिका सञ्चालन गर्न लागिएको नमूना मतदान…
-
दमौली/नेपाली काँग्रेस वी पीको केन्द्रिय शक्ति बुधबार तनहुँको निर्वाचन क्षेत्रमा केन्द्रित रह्यो । केन्द्रिय…
-
रमेश विकलप्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कांग्रेस,एमाले लगाएतका दलहरुले आफ्नो घोषणापत्र जारी गरेका…
-
दमौली/निर्वाचन आयोगले नेपाल सरकारलाई सात बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनमा आवश्यक पूर्वाधार…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले बुधकार नरभक्षी चितुवा मार्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएको…
-
दमौली/व्यास नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै भोली १८ कार्तिकमा पर्न गएको हरिबोधनी एकादशी…
-
२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा…
-
रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री…
-
निर्वाचन आयोगले आगामि मंसिर–४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका…
