दमौली/व्यास नगरपालिका वडा नं. १० को श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक अन्तर्गतको युवा रेडक्रस सर्कलले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सर्कलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा येल्लो हाउस प्रथम ग्रीन हाउस द्वितिय र रेड हाउस तृतिय भएको शिक्षक नायक यम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सो प्रतियोगितामा अन्तर सदनात्मक कक्षा १–५ का विद्यार्थी हरुको सहभागिता रहेको थियो। यस पटक केही फरकपन दिने उद्देश्यका साथ विद्यार्थी हरुलाई सामाजिक नेपाली र मेरो सेरोफेरो बाट नेपाली मा मात्रै पश्नहरू सोधिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानअध्यापक तथा संरक्षक रामचन्द्र पोरप्रेलले सर्कलले गरेको फरकपन अत्यन्त पृथक रहेको र हाल अंग्रेजी माध्यमलाई मात्र प्रोत्साहन दिँदै आएको अवस्थामा यस खालको प्रस्तुतीले विद्यार्थीलाई थप उर्जा मिलेको र आफ्नो राष्ट्रिय भाषामा पनि दखल राख्न टेवा पुग्ने कुरा बताउनु भएको थियो । सहायक प्रधान अध्यापक गोकुल थापाले सर्कलको सकृयताको प्रशंसा गर्न आँफ संग कुनै शब्द नरहेको र आगामी दिनमा यस्ता नयाँ कार्यक्रमका लागि आफूले सदैव प्रोत्साहन गर्ने बताउनु भएको थियो ।
त्यसैगरी विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापमा बिशेष चासो दिएर निरन्तर खटिरहनुहने लक्ष्मी पौडेल र विद्यार्थी स्नेहा परियारलाई सो कार्यक्रममा सम्मान गरिए थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाणपत्र २ पुरस्कार समेत वितरण गरिएको थियो । सर्कलको अत्यन्त सकृयता रहेको सो कार्यक्रममा अतिरिक्त कृयाकलाप संयोजक शान्ता बास्तोला, भवनाथ गौतम, शिक्षक सह–नायक प्रमिला अधिकारी लगायतकाले बोलेको सापकोटाले बताउनु भएको छ ।
समाचार
-
-
दमौली/तनहुँको व्यास नगरपालिका वार्ड नं १ गल्वुबेसीमा नक्कली नोट भेटिएको छ । गल्बुवेसिको एक…
-
-
-
अरबको खाडीमा पुगेर बाकसमा फर्कन पर्ने जोखिमपूर्ण नियति बनेको नोकरी भन्दा स्वाभिमानको यो दैनिकी…
-
काण्डैकाण्डमा मुछिएर दुर्गन्धित गणतन्त्र
बेलायतमा राजतन्त्र फर्केको इतिहासको चर्चाby Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातादशबर्षे सशस्त्र विद्रोहले १७ हजार नेपाली नागरिकको हत्या गरेर, हजारौंलाई अपाङ्ग बनाएर, अरबौंको धनसम्पत्ति…
-
दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारण सभा सोमबार दमौलीमा सम्पन्न भएको…
-
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद भण्डारीले सो अवसरमा बोल्दै वडाको विकास निर्माणको काममा…
-
छ ।विज्ञप्तीमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष गरी बजार क्षेत्रहरुमा महामारीको रुपमा डेंगी ज्वरोको प्रकोप…
