गत साता में १ मा संसारभर विश्व मजदुर दिवस मनाइयो । विश्वभर आफ्ना हातगोडाका नङ्ग्रा खियाएर विभिन्न सीप र इलम मार्फत जीवन गुजारा गरिरहेका मजदुरको सम्मानमा अनि उनीहरुको हित रक्षार्थ हरेक वर्ष में १ मा यो दिवस मनाउने गरीन्छ । यो दिवस मनाउनुको अर्थ श्रम गरेर बाँच्नेहरुको श्रमको सम्मान होस भन्ने त हो नै श्रमको महत्व विश्व समुदायलाई बुझाउँदै मजदुरको हित रक्षाका लागि आवाज उठाउनु पनि हो । यसका साथै श्रम गर्नेहरुको सम्मान गर्ने बानीको विकास गर्न उत्प्रेरित गर्नु पनि यो दिवस मनाउनुको उद्देश्य हो । तर आफ्नालागि भन्दा अरुको जीवनका लागि समय र श्रम खर्चने मजदुरहरुले उचित सम्मान पाउन सकेका छैनन् ।
नेपालको सन्दर्भमा मजदुरहरु दलका नेताहरुको सत्ता प्राप्तीको भ¥याङ मात्र बनेकाछन् । प्रजातन्त्र प्राप्तीको बीजारोपण गर्ने मजदुरहरु प्रजातन्त्र मैं उपेक्षामा छन् । दिनभर दश नङ्ग्रा खियाएर, भोक प्यास नभनी काम गर्दा पनि साँझ विहान ढुक्कले हातमुख जोर्न पुग्ने गरी श्रम अर्थात मजदुरीको मूल्य पाएको अवस्था छैन । नारामा विश्वभरका मजदूर एक हौं भन्ने तर व्यवहारमा दलगत रुपमा विभाजित हुँदा राज्य सञ्चालकहरुले मजदुरहरुलाई आफू अनुकूल प्रयोग गरेका छन् । तर मजदुरको हित रक्षा हुने, उनीहरुको गास, बास र कपास अनि स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्ने काममा भने चासो देखाएको र चिन्ता ब्यक्त गरेको दाखिएको छैन । मजदुरहरु पनि आफुहरु विभाजित भएका कारण अवहेलना र वेवास्तामा परेको नबुझे जस्तो गरी दलका पछि लाग्न छाडेका छैनन् । यो वा त्यो दलको फेर समातेर होइन एकताबद्ध भई आन्दोलनमा उत्रदा मात्र आत्मसम्मान र मजदुरीको उचित मूल्य पाईन्छ भन्ने कुरा बुझनु र तदनुकुल काम गर्नु आजको आवश्यकता हो ।द्ध
विचार/दृष्टिकोण
-
-
पृथ्वी राजमार्गको पोखरा मुग्लिन खण्ड विस्तारको क्रम चलिरहेको छ । आँबुखैरेनी. जामुने एक खण्ड…
-
सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’ मा राणा शासनको पछिल्लो तीन दशकका…
-
-
पृष्ठभूमिःशासकहरुले कानुन हामीले नै बनाएको हो, यो कानुन हामीले जतिखेर चाहियो त्यतिखेर अनुकुल बनाउँछौ…
-
कर्मथलो दमौलीको दैनिकीबाट केही दिन फुर्सद मिलेपछि यसै साताको सुरुमा जन्मथलो राम्जाकोट गएको थिएँ…
-
आजको दुई दिन पछि वर्ष २०८१ को प्रारम्भ हुँदैछ । नयाँ वर्षको स्वागत गर्न…
-
पृष्ठभूमिःकानुनका विद्यार्थीले पढेको शिक्षाले मुद्दाको कारवाही, सुनुवाई र किनाराको गर्दा मुद्दामा पक्षको हैसियत समान…
-
गत साता नेपाली सिनेमा महाजात्रा हेर्न साथीहरुका साथ एपेक्स मल पुगें । हलमा पुगेर…
