अस्ति मंगलबार इश्वि सन् २०२४ को अप्रिल २ तारिख संसारभर अटिजम सचेतना दिवस मनाइयो । विश्व समुदायले अटिजम के हो भन्ने बारेमा धेरै जानि सकेको भए पनि अधिकांश नेपालीका लागि यो अपरिचित शब्द हो । चिकित्सकहरुका अनुसार अटिजम कुनै रोग होइन बरु वालकको मष्तिष्क विकासमा आउने समस्या हो । चिकित्सकिय भाषामा न्यूरो डेभलपमेन्टल डिसअर्डर भनिने अटिजम भएका बालवालिकाको शारीरिक अवस्था सामान्य भएपनि सामाजिक सीप, संचार सीप र सिकाइ क्षमता कमजोर हुन्छ । विभिन्न अध्ययन अनुसार अटिजम केटीमा भन्दा केटामा बढी हुने गरेको छ भने प्रतिहजार बालबालिका मध्ये ५३ जनामा अटिजम हुने गरेको छ । वंशाणुगत रुपमा पनि हुने विश्वास गरिएको अरिजम स्पीच थेरापी तथा अकुपेशनल थेरापीको माध्यमबाट कम गर्न सकिन्छ ।
अटिजम भएका बालबालिका आँखामा आँखा जुधाएर कुरा गर्न सक्दैनन । एउटै काम दोहो¥याएर गर्ने दोहोरो कुराकानी नगर्ने सानो कुरामा मन दुखाएर चर्को स्वरले रुने, परिवर्तन स्वीकार्न गाहो हुने, नयाँ कुरा नसिक्ने, अरुको भावना नबुझ्ने, आफ्नो भावना अभिव्यक्त नगर्ने भएमा बच्चामा अटिजम भएको अनुमान गर्न सकिन्छ । लगातार हात वा हातका औंलाहरू चलाइ रहने, एकोहोरो हिड्ने वा दौडने, बोलाउँदा प्रतिक्रिया नजनाउँने भएमा पनि अटिजमको शंका गर्न सकिन्छ ।
सामान्यतया बच्चा बोल्नु पर्ने उमेरमा बोलेन, साथीभाइसँग घुलमिल हुँदैन भनेपनि अटिजम भएको हुनसक्छ । तर यसका बारेमा आवश्यक जानकारी नभएकाले अधिकांश बाबुआमा बच्चाको भविष्यलाई लिएर बढीनै चिन्तित हुने गर्दछन् । चिकित्सक कहाँ जानु साटो लामाधामी, पुजा पाठ, भाकल वा ज्योतिषीकोमा धाउने अभिभावक धेरै छन् । हरेक बच्चाका बाबुआमाले बुझनु पर्ने के हो भने अटिजम भाकल, पुजापाठ, लामाधामी वा जोतिषिय परामर्श र भविष्यवाणीले ठिक हुँदैन । यसका लागि विभिन्न उपचार पद्दतिको विकास भएका छन् । ति उपचार पद्दति अपनाउन सक्दा बच्चाको भविष्य सुन्दर हुँदै जान्छ ।
विचार/दृष्टिकोण
-
साता अगाडी चैत्र ७ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गिरिजाप्रसाद कोइरालाको नेपाली जनले…
-
आज २०८० चैत्र १५ गते विहिबारबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) सञ्चालन हुँदैछ…
-
पृष्ठभूमिःबीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन माग गर्दै दुर्गा प्रसाईले दायर गरेको रिट निवेदनको सुनवाईमा सहभागि…
-
अढाइ वर्ष अगाडिको दशै आसपास एउटा यस्तै विषयले निकै चर्चा पाएको थियो । चर्चाको…
-
हुनेछ । तर प्रश्न के हो भने के नेपाली उपभोक्ताले यि सबै अधिकारको निर्वाध…
-
-
गरौं । विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ डिसेम्बर…
-
छ । वि.सं. १९९७ सालदेखि संगठित हुन थालेका मगरहरु इतिहास, भाषा, संस्कृति संरक्षणलाई मूल…
-
स्वतन्त्रताको मूल्यको कुरा गर्दा २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त…
