
ऋषिराम पोख्रेल
अधिवक्ता
पृष्ठभूमिः
हामीले १९१० सालमा बनेको कानूनको धरातलमा २०२० सालमा मुलुकी ऐन पायौं । आज झण्डै १६५ बर्ष पछि मुलुकी देवानी (संहिता) ऐन २०७४ र फौजदारी (संहिता) ऐन २०७४ पाएका छौं । कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने देवानी कानूनको सर्वमान्य सिद्धान्तका आधारमा हामीले कानून जान्ने पर्ने हुन्छ ।
मातृत्व र पितृत्वको अर्थ
–आमामा हुने गुण, माताको धर्म, आचरण वा कर्तब्य नारीमा हुने गुण आमाले गर्ने मायाँ ममता–प्रयोगात्मक नेपाली शब्दकोष
–पिताको पन पिताको भूमिका बाबुको अभिभारा–प्रयोगात्मक नेपाली शब्दकोष
–मातृत्व शब्दले साधारण बुझाइमा आमाको पहिचानलाइ बुझाउँदछ । पितृत्वले बुवालाइ जनाउँदछ ।
–मुलुकी देवानी संहिता ऐन २०७४ ले मातृत्वको परिभाषा गरेको छैन ।
–ऐनको भाग ३ को परिच्छेद ४ र ५ ले मातृत्व र पितृत्वको बारेमा व्यवस्था गरेको छ ।
–भनेको छ– कुनै व्यक्तिको मातृत्व र पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ ।
–अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजको आमाको पति रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।
कानूनमा मातृत्व र पितृत्वको सवाल
–कुनै व्यक्तिको मातृत्व वा पितृत्वको विवाद भएमा त्यसको निरुपण अदालतबाट हुन्छ–११०
–पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नामको पछाडि आमाको थर प्रयोग गर्न पाउँदछ ।
–मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रुपमा प्रयोग गर्नुपर्ने । १२५
–तर कुनै एकको मृत्यू भएमा जीवितले
–कुनै एकको होस ठेगान नभएमा त्यो अवधिभर होस ठेगानमा रहेकाले
–पतिपत्नि बीच सम्बन्ध विच्छेद भएको भिन्न बसेकोमा नावालक जिम्मा लिनेले
–बाबुको ठेगान नलागेको नावालक भए आमाले
–मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार जिम्मेवारी र कर्तब्य –१२६
–मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउनसक्ने । १३२
–मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने – १३३
