दमौली/दशैं, तिहार जस्ता चाडवाडमा देश भित्र र बाहिर रहेको नागरिकको आवतजावत बढ्ने साथै व्यापार व्यवसाय पनि बढ्ने भएका कारण कोरोना संक्रमणको जोखिम रहने भएका कारण स्वास्थ्य सतर्कता अपनाउन व्यास नगरपालिकाले नगरवासीहरुलाई अनुरोध गरेको छ ।
मंगलबार एक विज्ञप्ती प्रकाशित गरी नगर प्रमुख बैकुण्ठ न्यौपानेले लक डाउन गर्ने अवस्था नरहेकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका हुन् । विज्ञप्तीमा असोज ११ बाट वैकल्पिक माध्यमबाट सञ्चालनमा आएका विद्यालयहरु संक्रमणको अवस्था अध्ययनगरी विव्यसको निर्णयका आधारमा कार्तिक १५ सम्म बन्द गर्न आग्रह गरिएको छ । यसैगरी लक्षण देखिएमा पिसिआर परिक्षण गर्न र स्वाव दिइसकेपछि त्यसको रिपोर्ट नआउँदासम्म घर बाहिर हिँडडुल नगर्न अनुरोध गरिएको छ ।
एघारबुँदा समेटिएको विज्ञप्तीमा चाडवाडका बेला हुने भेला, पूजा, बली, प्रार्थना, भोजभतेर आदिबाट संक्रमण बढ्न सक्ने हुँदा त्यस्ता कुनैपनि कार्यहरु नगर्न अनुरोध गर्नुका सार्थ पूर्ण स्वास्थ्य सावधानीमा र सतर्कतापूर्वक विहान ७ देखि साँझ ७ सम्म व्यापार व्यावसाय सञ्चालन गर्न, २५ जना भन्दा बढी भेला नहुन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने भएमा मास्क लगाएर मात्र घरबाहिर निस्कन तथा सवारी धनी, चालक तपगा सहचालकलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्र यात्रुहरु सवार गराउन अनुरोध गरिएको छ ।
Tanahu Awaj
-
दमौली/नेपाली समूदायको महत्वपूर्ण पर्व दशैं नजिकिँदै गर्दा देशमा कोरोना संक्रमणको अवस्था भने बढ्दो छ…
-
ऋषिङ/ऋषिङ गाउँपालिका वडा नं ५ मा रहेका राष्ट्रिय आधारभूत विद्यालय ज्वाला र सिद्ध आधारभूत…
-
–२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगर पालिका, उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको…
-
हात र चल्नु, यी दुबै नेपाली भाषाका शब्दहरु हुन् । एउटा नाम र अर्काे…
-
पञ्चमुनीदेव मा.वि.को पत्र प्राप्त भएपछि निकै मेहनत गरेर मैले एउटा आर्टिकल लेखें। दोहो¥याइ देहे¥र्या…
-
डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै जुम्लाबाट थालेको १९ औं अनसनको…
-
असोज १९ को बुटवल काण्ड- दम्भी सत्ता र असंयम विपक्षी हुँदाको दुष्परिणाम
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनमा प्रदेश नं ५ ले मंगलबार…
-
दमौली/कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार…
-
पृष्ठभूमिःसंहिता कानुनमा फौजदारी न्यायका २६ वटा सिद्धान्त भएजस्तै देवानी कानुनका पनि तेह्रवटा सिद्धान्त रहेका…
