28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

अपाङ्गता स्वाबलम्बन समुह गठन

ऋषिङ्ग/नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण कार्यक्रम अन्र्तगत ऋषिङ्ग गाउंपालिकका ८ वटै वडाहरुमा ७ जना देखि ११ जना सम्मको अपाङ्गता भएका ब्यक्तिहरु तथा परिवारका सदस्यहरुको सहभागितामा स्वाबलम्बन समुह गठन गरिएको छ ।

सो कार्यक्रम डेनिस रेडक्रस र हङ्गकङ्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वयमा संचालन गरिएको हो ।

पौष २० गते देखि २७ गते सम्म ८ वटै वडामा गठन गरिएको स्वाबलम्वन समुह गठन प्रकृयामा नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाका सभापति कृष्णहरी वाग्ले लगायत कर्मचारीहरु, वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, वडा सचिवहरु, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिहरु र परिवारका सदस्यहरु सहित जम्मा ३९५ जनाको सहभागिता रहेको थियो । सो वडा स्तरमा गठित अपाङ्गता स्वाबलम्बन समुहहरुले अपाङ्गता भएका ब्यक्तिहरुको हक, हित, अधिकार साथै शसक्तिकरणको क्षेत्रमा काम गर्ने छन् ।

Related posts

अचम

admin

द्वन्द्व पिडितलाई छात्रबृत्ति

admin

कोभिड–१९ को स्थिति

admin