पञ्चायतले ३० वर्षको अवधिमा नागरिकका अपेक्षा पूरा गर्न सकेन अझ नेताहरुको भाषामा केही गर्न सकेन भनेर २०४६ साल फागुन ७ बाट नेपाली नागरिक आन्दोलनका लागि जुरुक्क उठे । आन्दोलन सफल भयो । आमनेपालीलाई २०४८ सालको निर्वाचनमा पहिलो पटक जननिर्वाचित सरकार बनाउँने प्रयोजनका लागि मतदान गर्दै गर्दा लाग्यो, अब हाम्रा दुःखका दिन गए । नेपालीले मतपत्र बुझ्ने बेला बुढी औलामा लगाई दिएको कालो रङको मसी हेरे, मख्ख परे र मनमनै सोचे अब मेरा अँध्यारा दिनहरु सकिए । अब मैले पाए मकै नपाए भोकै हुनु पर्ने
छैन । आङ ढाक्नेगरी लगाउन पाउने छु । बिरामी पर्दा सिटामोल समेत नपाउने अवस्थाको अन्त्य हुनेछ । रकमको अभावमा उपचार नपाएर कुनै नागरिकले अकालमा मृत्युवरण गर्नुपर्ने छैन । गाउँमै स्वास्थ्य, शिक्षा, यातायात र सञ्चारको सुविधा आउनेछ । यी र यस्तै सपना संगालेका थिए नेपालीले र उनीहरुलाई लागेको थियो, यो मेरो सपना, केवल सपना होइन सत्य प्रमाणित हुनेछ ।
तर सोचेजस्तो केही भएन । हाम्रा अँध्यारा दिनहरु अझै बाँकी छन् । सिटामोल नपाएर मर्नुपर्नेहरुको संख्यामा तलमाथि भएको होला तर त्यो अवस्था अझै विद्यमान छ । गाउँनै गाउँले बनेको देशका गाउँको अवस्थामा केही तात्विक भिन्नता आएको छैन । सुशासन र समृद्धिको नारा चर्काे स्वरले घन्काउनेहरु हरेकका चुल्हामा ग्याँस पाईप, मोनोरेल र मेट्रोरेल, आफ्नै पानी जहाजका नारा घन्काउनेहरु पाँचवर्ष पछि त्यही नारा कपि पेष्ट गरेर आएका छन्, भ्रष्टाचारमा चुर्लुम्म डुबेर गन्हाउँदै फेरी त्यही नारा अलापेर आउँदैछन् र भन्दैछन्, हामीलाई मत दिनुस्, हामी दिन्छौं समृद्धि र
सुशासन । प्रजातन्त्र प्राप्तीको तीन दशकमध्ये अधिकांश समय सत्तामा रहेरपनि जनअपेक्षा अनुसार काम गर्न नसकेकाहरु पनि फेरी विकासका कुरा गर्दै तपाईँ हाम्रो घरदैलोमा मत माग्न आएका थिए र छन् ।
वास्तवमा आमनेपालीका दिनहरु हरेक निर्वाचनमा अब यसले त गर्छ कि भन्ने र मत दिएर जिताउने । उसले गर्दैन अनि अर्काे निर्वाचनमा अर्काे उम्मेदबारलाई मत दिएर जिताउने । दोस्रोले पनि गर्दैन फेरी अर्काेलाई विकास निर्माण र जनजिविकाको समस्यामा सघाउँछ कि भनेर मत दिने गर्दा गर्दै वित्ने भएको छ । जुन अत्यन्त विडम्बना पूर्ण हो । निर्वाचनका बेला अनगिन्ती आश्वासनका पोका बोकेर आउनेहरु निर्वाचित भएसंगै गाउँ आउन छाड्छन् अनि गाउँका बाटो, पानी, विजुली , विद्यालय, स्वास्थ्य चौकी आदिका समस्या ज्यूँका त्यूँ रहने अवस्था छ । हरेक नेताको ध्याउन्न आफु कसरी बाँचुन्जेल सत्तामा रहने भन्ने मात्र छ, जनकल्याण कसरी हुन्छ भन्नेमा छैन । त्यसैले हाम्रो अवस्था पराईको आस, संधैको उपवास भनेझैं भएको छ । यसपटक हाम्रालाई होइन, राम्रालाई मत दिएर आफ्नो सुनौलो भविष्य रेखा कोर्ने अवसर नगुमाउँ । नभए अर्काे ५ वर्ष पछुताउनु बाहेक हाम्रो भागमा केही पर्दैन ।
Tanahu Awaj
-
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ ।…
-
व्यास गुफामा कात्तिक १ गते देखि संचालन हुँदै आएको सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान…
-
१झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैनएक पटक आउँछ मौका बारबार फर्केर आउँदैनराष्ट्रघाती र…
-
[3d-flip-book id=”8192″ ][/3d-flip-book]
-
कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला…
-
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र,…
-
वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु…
-
रमेश बिकल२०४६ चैत्र २६ को रातीलाई प्रस्थानविन्दु मान्दा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालेको…
-
दमौली/जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम अन्तरगत दशवटै पालिका सञ्चालन गर्न लागिएको नमूना मतदान…
