Tanahun Awaj
समाचार

गिरीलाई वरिष्ठ उपाधि

दमौली/डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँ र नेपाल बार एशोसिएशन तनहुँका पूर्व अध्यक्षको कार्यभार सम्हालि सकेका ३४ बर्षभन्दा लामो कानुन व्यवसायको अनुभव हासिल गरेका अधिवक्ता परशुराम गिरीलाई बरिष्ठताको उपाधि प्रदान गरेको छ ।

सर्वोच्च अदालत फूलकोर्टको असार २९ गते बसेको फूलकोर्टको वैठकले तनहुँमा रहेर अभ्यास गर्ने परशुराम गिरी सहित तनहुँका तीन जनालाई कानुन व्यवसायीको बरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
अन्य कानुन व्यवसायीहरुको मोतीराज गौतम, विश्वप्रकाश सिग्देल र बासुदेव सिग्देल सहितले बरिष्ठताको उपाधी पाएका हुन् ।

Related posts

अर्थमन्त्रीको राजिनामा

admin

७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

admin

फेरी बढ्दै कोरोना संक्रमण

admin