20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

आम निर्वाचन–२०७९
झण्डै एक करोड ८० लाख मतदाता

आम निर्वाचन-२०७९ का मतदाताको अवस्था

निर्वाचन आयोगले आगामि मंसिर–४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मंसिर–३ सम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गरिएको छ । आयोगले प्रकाशित गरेको अन्तिम नामावली अनुसार यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० नेपाली नागरिकले मतदानमा सहभागी हुन पाउने छन् ।
देशभर १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३३ प्रतिनिधि सभा तथा ६६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा १२ प्रतिनिधि सभा तथा २४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
आयोगले प्रकाशित गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मतदाता बागमती प्रदेशमा रहेका छन् । यहाँ ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा १० लाख आठहजार ४०३ मतादाता रहेका छन् । मधेस प्रदेशमा सबैभन्दा धेरै दुइहजार १५६ मतदान स्थल तथा चार हजार २३ँ५ मतदान केन्द्र रहने छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ९३३ मतदान स्थल तथा एकहजार ४०३ मतदान केन्द्र रहने छन् ।
गण्डकी प्रदेशमा प्रतिनिधि सभाका १८ तथा प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र छन् । १८ लाख १७ हजार ५४१ कुल मतदाता रहेको यो प्रदेशमा एकहजार २८३ मतदान स्थल तथा दुइहजार ३३९ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

Related posts

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

admin

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin

जोशीको अभियानले गर्माएको तनहुँको राजनीति

admin