दमौली/नेपाली कांग्रेस विपद् व्यवस्थापन विभागका संयोजक एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले तनहुँ र गोर्खाका बाढी पहिरोबाट परिवारका सदस्य गुमाएका परिवारका सदस्यलाई सहयोग हस्तान्तरण गरेका छन् ।
नेता वस्नेतले तनहुँको ऋषिङ गापाका दुइ, बन्दीपुरका दुइ तथा व्यास नपाका एक जनालाई तथा गोरखा सिरानचोक गापाका दुइ परिवारलाई जनही २५ हजार नगद हस्तान्तरण गरेका हुन् । मृतकका हकवालालाई सहयोग रकम हस्तान्तरण गर्दे पूर्व मन्त्री वस्नेतले कांग्रेस नेपाली नागरिकको सुख दुःखमा सधै साथ रहेको बताए । उनले आफ्नो पहल र नेतृत्वमा दशैभरका बाढी पहिरो पिडितलाई सहयोग हस्तान्तरण गरिएको बताए । तनहुँका पिडितको परिवारका सन्तान मध्ये जिल्लाले सिफारिस गरेको एक बालकलाई कक्षा १२ सम्म आफ्नो तर्फबाट निःशुल्क पठनपाठनको व्यवस्था गर्ने समेत वस्नेतले बताए ।
कार्यक्रममा बोल्दै जिसस तनहुँका प्रमुख एवं नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले वस्नेतबाट हामी सबैले सिक्नुपर्ने उल्लेख गरे । शनिबार दमौली स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस तनहुँका सचिव विश्व बास्तोला, महाधिवेश प्रतिनिधि समुन्द्र गोदार लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बाढी पिडितलाई कांग्रेस नेता बस्नेतको सहयोग
previous post