दमौली/नेपाल पत्रकार महासंघको आर्थिक सहयोग र तनहुँको व्यवस्थापनमा तनहुँका सम्पादकहरु बीच कोभिड–१९ मा पत्रकारिता विषयक एक दिने सम्वाद कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको सो सम्वाद कार्यक्रममा श्रमजिवि पत्रकारको हकअधिकारको विषयमा भन्दा बढी सञ्चारगृहको स्थायित्वको समस्याका बारेमा पत्रकारहरुले सवाल उठाएका थिए । श्रमजिवी पत्रकारको आवाज केही भन्नका लागि भन्दा पनि सुन्नका लागि भएको उपस्थिति जस्तो बनेको थियो ।
छोटो सम्वाद कार्यक्रममा विज्ञापन नीति नभएको, छापिएको विज्ञापनको भुक्तानी दिन व्यक्तिगत पकेटको पैसा दिन जस्तो गरेको लगाएका गुनासो गरेका थिए ।
श्रमजिवी पत्रकारहरुले भने आफ्नो पेशाको सुरक्षा नभएको गुनासो राखेका थिए । मिडिया हाउसलाई चाहिएका बखत मात्र प्रयोग भएको जनशक्ति भनेको श्रमजिवी पत्रकार भएको पुष्ट्याई पत्रकारहरुले गरेका थिए । कार्यक्रमलाई नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रिय सदस्यद्वय प्रदीप काफ्ले, त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, प्रादेशिक खबरका सम्पादक मदन वाग्ले ‘पथिक’, दमौली न्यूज डट कमका सम्पादक पवन पौडेल, भञ्ज्याङ्ग दैनिकका सम्पादक नारायण खड्का लगायतले सम्बोधन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सभापति उज्जल पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव प्रताप रानाले गर्नुभएको थियो ।
कोभिड–१९ मा पत्रकारिता
previous post