28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

व्यास क्षेत्रमा बन्दाबन्दी

दमौली/व्यास नगरपालिकाले आईतबार एक विज्ञप्ति जारी गरी व्यास नगरपालिका स्तरमा एक हप्ता वन्दावन्दीको  घोषणा गरेको छ ।

बन्द हुने क्षेत्रहरू

सम्पूर्ण व्यापार व्यवसायहरू बन्द हुने भए । उद्योगधन्दा बन्द भए । कलकार्खाना बन्द । सार्वजनिक यातायातका साधन बन्द भए । यो बन्दाबन्दी हाललाई एक हप्ता अर्थात भाद्र सात गतेसम्मका लागि बन्द भएका छन् ।

खुल्ने क्षेत्रहरू

औषधीजन्य व्यापारलाई खुल्ला गरेको छ । नीजि स्वास्थ्य संस्थाहरूलाखुल्ला गरेको छ । सरकारी स्वास्थ्य संस्था खुल्ला हो कि बन्द विज्ञप्ती मौन । आकस्मिक सेवा खुल्ला रहने कि बन्द हुने विज्ञप्ति मौन छ।

भानु, बन्दीपुर र व्यासमा समुदायस्तरमा ३१ जना संक्रमित भएको पाईएपछि सम्वद्ध पक्षसंगको आवश्यक परामर्श र राय बमोजिम नगरप्रमुख बैकुन्ठ न्यौपानेले विज्ञप्ति मार्फत बन्दबन्दीको घोषणा गरेका हुन् ।

Related posts

पखेरामा असिनाको थुप्रो

admin

पहिलो मिस भिमाद बनिन्, सन्दिपा

admin

तरूण दल गठन

admin