दमौली/स्वर्गिय पत्रकार शेष मोहम्मद हनिफ (गोरा मियाँ) को स्मृतिमा एक लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ तनहुँले जनाएको छ ।

स्वर्गिय पत्रकार मियाँ नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार थिए । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आफ्ना पूर्व सल्लाहकार स्वर्गीय मियाँँले पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानलाई चीरस्थायी बनाउन शाखाले अक्षयकोष स्थापना गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आव्हानमा शाखाका पदाधिकारी, सदस्य एवं साधारण सदस्यबाट स्वतस्फूर्त रकम सङ्कलन गरी अक्षयकोष स्थापना गरिएको शाखाका अध्यक्ष धनपति अधिकारीले जानकारी दिनुभयो ।
पूर्व सल्लाहकार मियाँको ६४ बर्षको उमेरमा अकास्मात निधन भएको थियो । २०८२ माघ २१ गते निधन भएका मियाँको परिवारलाई भेटेर समवेदन दिने क्रममा शाखा अध्यक्ष अधिकारीले स्व. शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार स्थापना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष फोटो पत्रकारितामा महत्वपूर्ण योगदान गर्ने एक जना सञ्चारकर्मीलाई ससम्मान प्रोत्साहन गरिनेछ । अक्षयकोष स्थापनामा अधिकाँश पत्रकारहरुले जनही पाँच हजार देखि दुई हजारसम्म स्वऐच्छिक रकम प्रदान गरेको महासंघ तनहुँ शाखाले जनाएको छ ।
