दमौली/नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ तनहुँको व्यवस्थापनमा दमौलीमा दुइ दिने अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका संघमा जिल्ला अध्यक्ष, महिला उपाध्यक्ष, सचिव र स्थानीय अध्यक्षहरु सहभागी अन्तरक्रिया र प्रशिक्षणमा एआई मार्फत शिक्षणमा रुपान्तरण र नेतृत्व विकास सम्बन्धि विषय समेटिएको थियो ।
मंसिर १२ र १३ मा सञ्चालित कार्यक्रको पहिलो दिन सांगठनिक प्रशिक्षण प्रदान गर्नुका साथै सामूहगत अन्तरक्रिया गरिएको थियो । यसैगरी दोस्रो दिन एआइको परिचय र प्रयोग तथा शिक्षामा एआइको प्रयोग र भावि योजना विषयमा शिक्षक संघ तनहुँ सूचना प्रविधि विभागका प्रमुख श्रीकृष्ण आचार्यले सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा उत्प्रेरणा र नेतृत्व क्षमता सम्बन्धमा डा. तारा जीले सहभागीलाई जानकारी गराएका थिए ।
