भिमाद/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल तीजको दिन भाद्र १० गते तनहुँमा व्यस्त रहेका थिए ।
मन्त्री पौडेलले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय मेडिकल अभिलेख प्रणालीको शुभारम्भ गरे ।

मन्त्री पौडेल शुनपा–८ आयोजित तीज गीत प्रयोगितामा सहभागि भएर प्रतियोगिलाई शुभकामना दिन भ्याए । भिमाद नगरपालिकाले अयोजना गरेको स्वागत कार्यक्रमम पनि सहभागि भए । हालै नेपाल सरकारले स्थापना गरेको इलाका प्रशासनको सञ्चालन व्यवस्थापन र भौतिक पूर्वाधारको वारेमा स्थानीयका जिज्ञासा र सुझाव संकलन गरे । त्यसैगरी भिमाद एफ एमले आयोजना गरेको तीज गीतको पनि शुभारम्भ गरे । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कयाप्टेन सावित्री भण्डारी ‘साम्बा’ लाइ सम्मान गर्न पनि मन्त्री पौडेल पुगे ।
त्यसैगरी स्वास्थ्य मन्त्री घिरिङ्ग गाउँपालिकाको स्वागत ग्रहण गरे । मानपुर वैडी मोटर मार्गको बारेमा पनि स्थानीयको जिज्ञासा र समस्यालाई यथासक्य छिटो समाधान गर्ने आश्वासन दिन भ्याए । घिरिङ्ग–१ वैडी स्थित पुष्पाञजली युवा क्लबले अयोजना गरेको कार्यक्रममा सहभागि भएर मन्त्री पौडेल काठमाण्डौ फिर्ता भएका थिए ।