20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

एकिकृत घुम्ति शिविर

म्याग्दे/म्याग्दे गाँउपालिका तनहुँले स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार ः कृषि,पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएर एकिकृत घुम्ती शिविर शुरु गरेको छ । पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन हुने शिविर फागुण २१ गते देखि चैत्र ८ गते सम्म चल्नेछ ।
घुम्ति शिविरको उद्घाटन म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
जनताको स्वास्थ्य सेवामा पालिकाको विशेष ध्यान दिएको हुदाँ यसअघि पनि मृगौला परिक्षण, ३ दिने क्यान्सर परिक्षण शिविर, एकिकृत घुम्ति शिविर संचालन गरिसकेको छ । पालिकाले दिने एकीकृत सेवा वडाको टोल टोलमा दिईएको हुदाँ सवैलाई शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ ।
वडाको टोल स्तरमा संचालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा,२७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन हुनेछ ।
शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने पालिकाले जनाएको छ ।
घुम्ति शिविरको पहिलो दिन १२५ जना पशु कृषकले सेवा लिएका छन् । जस अन्तरगत १७ वटा वोका÷पाठाको वन्ध्याकरण गरिएको छ भने खसी,वोका पाठा पाठी गरि ४४५ पशुको विभिन्न उपचार गरिएको छ । यस्तै कुखुरा ४५६ वटा, गाई गोरु ४७ वटा, भैसी३९ वटा, सुगुर वंगुर १० वटा र कुकुर ९ वटालाई पशु सेवा दिईएको पशु सेवाका प्रमुख डा, विनय शाहले वताए । दोश्रो दिन स्वास्थ्य सेवावाट ३५४ जना लाभान्वित भएका छन् । जसमा १५८ जना पुरुष र १९६ जना महिला रहेका छन् ।
स्वास्थ्य सेवा अन्तरगत समान्य स्वास्थ्य सेवा ३२२ जनाले सेवा लिएका छन् भने सुगर परिक्षण १८१ जनाको गरिएको छ । यसैगरि ईम्पलाण्ट सेवा ३ जना, टिभि स्क्रिनिङ्क सेवा ३२ जनाले लिएका छन् । साथै, आयुर्वेद्ध तर्फ १०३ जनाले सेवा लिएको सेवाका प्रमुख डा, विनय तिलकराज घिमिरेले वताए ।

Related posts

शैक्षिक सामग्री वितरण

admin

नीति तथा कार्यक्रम सार्वजनिक

admin

एसइई नतिजाको सन्देश र शैक्षिक असमानताको खाडल

Deepak Joshi