दमौली/वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको अध्यक्षमा पं. कृष्णकान्त शास्त्री चयन भएका छन् ।
दमौलीमा मंगलबार सम्पन्न प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले शास्त्रीलाई अध्यक्षमा चयन गरेको हो । व्यास गुफा परिसरमा सम्पन्न अधिवेशनले ऋषिराम ढुङ्गाना (सेवक) र अन्जनराज न्यौपानेलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
यसैगरी समितिको समितिको महासचिवमा सत्यप्रसाद खनाल, सचिवमा श्री भद्र न्यौपाने, सहसचिवमा मञ्जु रेग्मी न्यौपाने निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा निर्मला वाग्ले न्यौपाने र सहकोषाध्यक्षमा सरस्वती पौडेल निर्वाचिच भईन् । यसैगरी प्रतिष्ठानको केन्द्रीय सदस्यहरुमा क्रमश दुर्गाभक्त अधिकारी, मधुमाया घिमिरे, कोपिला थापा, लक्षमण श्रेष्ठ , गीता सोती र मिरा रानाभाट निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।
यस अघि साधारसभा तथा अधिवेशनको उद्घाटन गर्दै ब्यासका अध्येता काशीनाथ न्यौपानेले नित्य निरन्तर सकारात्मक सोच, विचार र कर्म गर्नु जरुरी भएको बताए । बेदानुयायी प्रतिष्ठान नेपालका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले ४ वेद १८ पुराणका रचायिता भगवान वेद ब्यासको जन्म भुमिलाई विश्व माँझमा चिनाउन, भगवान ब्यासको १०८ फुट मुर्तिलाई निर्माण सम्पन्न गराउन सबै तह र तप्काको सहयोग हुन आवश्यक रहेको वताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, ब्यास नगरपालिकाका पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापा लगाएतका वक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानको अध्यक्षमा काफ्ले
previous post