23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

फोटो साभार सामाजिक सञ्जाल

विशेषसम्वाददाता
तेत्तीस बर्षे लोकतान्त्रिक अवधि अर्थात पन्ध्र बर्षे गणतन्त्रको अवधिमा पनि परिवर्तन संस्थागत हुन सकेन ।
मुलुक अब झन संक्रमणकालिन अवस्था तर्फ बढेको छ । एउटा व्यक्तिको आव्हानमा भएको मेची महाकाली अभियानको उद्घाटन गरेर पूर्वराजाले आफू सडक मै उत्रेको संकेत दिएपछि मुलुकको संक्रमणकालिन अवस्थालाई पुष्टि गरेको हो । यो अवधिमा शक्तिराष्ट्रहरुको सक्रियता अनपेक्षित रुपमा बढेको महसुस भएको छ ।
मुलुकमा राष्ट्रिपति निर्वाचनको मिति २०७९ फागुन २५ गतेलाई तोकिएको अवस्थामा सत्तागठबन्धनमा दरार आएको
छ । सत्तागठबन्धन टुटेको संकेतहरु आई रहेका छन् । अर्कोतर्फ फागुन १० गतेभित्रै गठबन्धन टुट्ने उद्घोष पनि राजनीतिक दलका नेताहरुबाट भईरहेको छ ।
सत्तागठबन्धन टुट्ने, दुर्गा प्रसाईले आव्हान गरेको मेची महाकाली अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित उपस्थित हुने, यही समयमा भारतीय विदेश सचिवले नेपाल भ्रमण गर्नु, अमेरिकाका विदेश उपसहायक मन्त्री पनि नेपाल भ्रमणमा रहनुले राजनीतिको तरल अवस्थाको पुष्टि गरेको छ ।
दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने समेतको जिम्मेवारी पाएका अमेरिकी विदेश उपसहायक विदेशमन्त्रीले एकीकृत पवर्ततीय विकास केन्द्र(इसीमोड) तथा उर्जा मा नेपालका साझेदारहरुसंग छलफल गर्नु भ्रमणको उद्देश्य बताइरहेको बेला ती साझेदारहरु भन्दा भिन्न नेपाली सेना, सरकारी अधिकारीहरु समेतको भेटघाटमा देखिएको सक्रियताले नेपालका साझेदारहरुको छलफलसंग मात्रै यो भेटघाट सीमित छैन भन्ने देखाएको छ । यस अघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया न्यूल्याण्ड र यूएस आईडीको प्रमुख समान्य पावरले भ्रमण गर्नु र चौथो चरणमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषदको दक्षिण एसियाकी बरिष्ठ निर्देशक रियर एडभिरल इलिन लाउबाचरको भ्रमण हुने चर्चाले नेपालको संकटग्रस्त राजनीतिका साथै शक्तिराष्ट्रहरुको सक्रियता बढेको पनि पुष्टि गरेको छ ।
यही समयमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणको उद्देश्य कनेक्टीभिटी र उर्जा व्यापार लगायतका द्विपक्षिय सहयोगमा केन्द्रित रहने बताईएको छ तापनि भेटघाटको प्राथमिकतालाई सिंहावलोकन गर्दा क्वात्राको भ्रमण पनि नेपालको राष्ट्रपति निर्वाचन र तरल राजनीतिसंग सम्बन्धित रहेको बुझ्न गाह्रो छैन । नेपालका राजनीतिक खेलाडीहरु क्याप्टेनले दिएको निर्देशन सहितको टिप्स बमोजिमको खेल खेलिरहेको आभाष नेपाली जनतालाई भईरहेको छ ।

Related posts

विज्ञ र बौद्धिक व्यक्तित्वलाई तनहुँ काँग्रेसमा स्थान पुगेन

Tanahun Awajweekly

ऋण असुलीमा उद्यमशीलको निरन्तर अग्रता

admin

भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया

admin