30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सालिनको न्यायको पक्षमा-सम्पादकीय

फागुन दोस्रो साताको शनिबार रत्ननगरपलिका बडा नं. १२ माधवपुर चितवनमा मामाघर बसेर स्थानीय शिशु निकेतन वोर्डिङ स्कुलमा पढ्दै गरेकी १४ वयि बालिका सालिन पोखरेल होस्टेलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परिन । केही समयदेखि छात्रावास (होस्टेल) मा बसेर पढ्दै आएकी सालिनले आत्महत्या नै गरेकी हुन् वा हत्या भएको हो ? भन्ने सबैको चासोको विषय बनेको छ । चितवन प्रहरीका अनुसार मृतक सालिनको पोष्टमार्टम रिपोर्टमा आत्महत्या भरिएको छ । तर उनका परिवार र आफन्तजन आत्महत्या मान्न तयार छैनन् ।
सालिनको हत्या भएको भन्दै परिवारले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा सालिन अध्ययनरत विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रअ किरणवहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई चितवन प्रहरीले पक्राऊ गरेको छ । सामाजिक सञ्जालमा आएका तस्विर, घटनास्थल सरसफाइ गरिएको (सनाखत नहुँदै) भनि आएको समाचार, होस्टेल वार्डनको पछिल्लो समय सालिनका अभिभावक संग बदलिएको भनिएको व्यवहारलाई मनन गर्दा कतै सालिनको हत्या नै भएको त होइन ? भन्ने शंकालाई बल मिल्छ । यद्यपी सालिनको आत्महत्यालाई जवरजस्ती हत्या करार गर्न खोजिएको तथा सालिनले आत्महत्या नै गरेको र त्यसो गर्नुमा उनका बुबाआमा दोषी भएको दलिल पेश गर्नेहरु पनि छन् ।
निर्मला, कमला र भागिरथीहरुको नियती सालिनले पनि भोग्नुप¥यो कि भनेर आशंका गर्नु नाजायज होइन । तसर्थ यो प्रकरणको स्वतन्त्र र निश्पक्ष छानविन होस । हत्या हो यदि भने दोषीहरुलाई कडा कानुनी कारवाही होस् । यदि आत्महत्या हो भने त्यसका कारणहरु खोजी गरेर आगामी दिनमा अन्य सालिनहरु आत्महत्याको निर्णयमा नपुग्ने वातावरण निर्माण गरौं । यि दुवै अवस्थामा सालिनका प्रति न्याय हुनेछ ।

Related posts

अस्पतालको आडैमा महोत्सव !

Deepak Joshi

व्यासको जनमुखी कदम

Deepak Joshi

भोलि एमालेको चियापान

admin