23.9 C
Damauli
October 1, 2026
Tanahun Awaj
समाचार

तनहुँमा विश्व पर्यटन दिवस

दमौली/ ४७औं विश्व पर्यटन दिवस तनहुँमा पनि मनाइएको छ । सेप्टेम्वर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । सो अनुसार यस बर्षको विश्व पर्यटन दिवस असोज ११ गते आईतवार परेको थियो । यस बर्षको विश्व पर्यटन दिवस व्यास नगरपालिका र एकिकृत सेवा कार्यालय तनहुँले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा वक्ताहरुले साँस्कृति सम्पदाको संरक्षण गर्दै ग्रामिण पर्यटनको प्रबद्धन गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी पर्यटन दिवसहरुले हामीले तनहुँमा सञ्चालित गरेका होमस्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको सुरक्षित र सहज वातावरण निर्माण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी वेदव्यासको जन्मभूमिलाई धार्मिक पर्यटनको क्षेत्रको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Related posts

न्यायाधीश चन्द्रकुमार पोखरेललाइ स्वागत

admin

कर्मकाण्ड तालिम लिँदै व्यासका दलित

admin

अर्थमन्त्रीको राजिनामा

admin