Tanahun Awaj
समाचार

तनहुँमा ३२औं परिषद दिवस मनाइयो

नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार एशोसिशन इकाइले साउन २७ गते कानुन व्यबसायी परिषदको ३२औं स्थापना दिवस एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ । परिषदको राष्ट्रिय नीति अनुसार देशभर पहिलो पटक एकै स्वरूपमा यो कार्यक्रमको व्यवस्थापन गराइएको थियो ।
अदालत परिवार, कानुन व्यवसायी परिवार, लेखापढी ब्यबसायी परिवारले पहिलो पटक एकै परिवारको अनुभूति गर्दै यो दिवश मनाए ।
तनहु जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टले कानुन बनाउने र कार्यान्वयन चरणहरूमा चनाखो भएर बन्ने कानुनको प्रभाबकारीता र कार्यान्वयनमा आएका कानुनको ब्यबहारिक अप्ठ्यारा फुकाउन सरोकारवाला बीच निरन्तर अन्तरक्रिया छलफल, बहस र सुझाबको परिपाटि बसाल्न बार लाइ उत्प्रेरित गर्नुभयो ।विशिष्ट अतिथि न्यायाधिश राजेशकुमार कटुवालले  स्थापना दिवश ले दक्ष परिपक्व कानुन व्यबसायी उत्पादनमा सार्थक भूमिका निर्बाह गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कानुन व्यवसायी परिषद् को पृष्टभूमी सहित वर्तमान परिवेशको बारेमा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले प्रकाश पार्नु भएको थियो ।
तनहु बारकी अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णु भक्त सिग्देलले गर्नु भएको थियो ।

Related posts

सेलाउँदै कालीगण्डकी डाइभर्सन मुद्दा

admin

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin

पत्रकार आचार्य सम्मानित

admin