28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

व्यासको बजेट असार १० मा-चालु आवमा २५ प्रतिशत मात्रै पूँजीगत खर्च

रमेश विकल
व्यास नगरपालिकाको ४३ औं नगर सभा असार १० मा हुने भएको छ । व्यास नगर कार्यपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नपाको ४३ औं नगरसभामा प्रस्तुत गर्ने प्रस्तावित नीति तथा कार्यक्रम माथि बुँदागत छलफल गरी संशोधन सहित पारित गर्ने निर्णय समेत गरेको छ । चालु आर्थिक वर्षका लागि २१ करोडभन्दा बढीको आयव्यय अनुमान गरेको नपाले पुजीगततर्फ जम्मा २५ प्रतिशत प्रगति भएको जनाएको छ । पुँजीगत प्रगति कम हुनुमा संघीय बजेट अन्तर्गतका ठेक्कामा लगाइएका ठूला योजनाहरूमा निर्माण व्यवसायीका कारणले भएको ढिलाईलाई देखाइएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा अनुमानित आयको ५६ प्रतिशत मात्र प्राप्त भएको जनाएको नपाले चालु खर्च तर्फ भने ७५ प्रतिशत प्रगति भएको जनाएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास नगर युवा परिषद्का लागि परेका ४६ आवेदन मध्ये प्रकृया नमिलेका ६ वटा रद्द गरेको छ ।

आवेदन स्वीकृत भएका ४० जनाको नाम अनुमोदन गरी असार १५ भित्र दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय समेत व्यास नगर कार्यपालिकाको बैठकले निर्णय गरेको व्यास नगरपालिका स्रोतले बतायो ।
यसैगरी असार १५ मा मनाइने राष्ट्रिय धान दिवसको कार्यक्रम व्यास नगरपालिकाको वडा नंं. ९ गजौंडेमा गर्ने तथा ९ नं. वडा कार्यालय, कृषि ज्ञान केन्द्र तनहुँ, र सुनौलो गोरेटो सहकारी संस्थासँग सहकार्य गरी कार्यक्रम व्यवस्थापन गर्न कृषि पशु तथा सहकारी विकास शाखालाई निर्देशन निर्णय कार्यपालिकाले गरेको छ ।

Related posts

आमा समूह भवन उद्घाटन

admin

अनुदान दुरुपयोगको नमूना

admin

साउन १५ बाट तनहुँमै लाइसेन्स नवीकरण

admin