Tanahun Awaj
समाचार

महिला संघ अधिवेशन सम्पन्न

ऋषिङ/नेपाल महिला संघ, ऋषिङ–५ को शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
वडा सभापति हरिकला कंडेलको सभापतित्व एवं नेपाली कांग्रेस ऋषिङका कार्यवााहक सभापति श्रीबहादुर आलेको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनले सभापतिमा हरिकला कंडेललाई निरन्तरता दिने निर्णय गरेको छ । उपसभापतिमा भोमायाँ राना, सचिवमा अप्सारा भट्टराई तथा कोषाध्यक्षमा निर्मला पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले समितिका सदस्यहरुमा हिरामायाँ नेपाली, सविता परियार, कापिला थापा, बालकुमारी थापा र प्यारीमायाँ थापालाई चयन गरेको छ ।
सोही अधिवेशनले क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको नेपाली कांग्रेस जिल्ला कार्य समितिकी सदस्य यमुना श्रेष्ठले जानकारी गराईन् । श्रेष्ठका अनुसार क्षेत्रीय प्रतिनिधिमा हरिकला कंडेल, भोमायाँ राना, अप्सारा भट्टराई,, हिरामायाँ नेपाली र प्यारीमायाँ थापा चयन भएका छन् ।
अधिवेशनमा नेपाली कांग्रेस ऋषिङ–५ का सभापति केशरबहादुर थापा तथा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति सदस्य बुद्धिमान राना मगरको समेत उपस्थिति रहेको थियो ।

Related posts

गजरकोटमा पुनः खनाल

admin

दलका विरुद्धमा, स्वतन्त्रलाई देशभरबाट जनादेश रखबारी मात्र दललाई, स्वतन्त्रलाई सत्तासञ्चालन

admin

तनहुँमा दुइलाख ५४ हजार बढी मतदाता-सबैभन्दा बढी व्यास र सबैभन्दा कम देवघाटमा

Deepak Joshi