23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा रुचाल

दमौली/जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको गत विहिवार सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा विश्वराज वाग्ले, सदस्यहरुमा चन्द्रकुमार कायस्थ, वीरेन्द्रराज काफ्ले, होमबहादुर राना, पुस्तक न्यौपाने, पदम थापा, विष्णुप्रसाद वाग्ले र गोपाल गिरी निर्मल चयन भएको छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा सानुकाजी यथार्थ र चन्द्रमोहन अधिकारी चयन भएका छन् भने सो साधारणसभा तथा भेला सङ्घका निवर्तमान अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related posts

व्यासका प्रमुखको अनुरोध

admin

पण्डितलाई थप जिम्मेवारी

admin

होमस्टेमा पर्यटन दिवस

admin