23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

शिसाघाटमा आयुर्वेद औषधालयको भवन

दमौली/व्यास नगरपालिका ६ स्थित शिशाघाट बजारमा शिसाघाट आयुर्वेद औषधालयको भवन निर्माण गरिएको छ ।
नव निर्मित भवनको व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको व्यास–६ का वडाध्यक्ष एवम् औषधालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले बताए । उक्त स्थानमा आयुर्वेदिक विधिबाट उपचार सेवा सुरु भएपछि तनहुँ,लमजुङ र कास्कीका केही क्षेत्रका बासिन्दाले सेवा लिन सक्ने उनले बताए । पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गरिएको थियो ।

Related posts

राष्ट्रिय आविमा बाल क्लब र जुरेस गठन

admin

पूर्व राजा बर्बराएकी वर्तमान नेता बुझपचाए ?

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin