23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

जीप दुर्घटनामा तीनको मृत्यू

दमौली/व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको मादी नदी पुलबाट पिकअप जीप खस्दा त्यसमा सवार पाँच जना मध्ये तीन जनाको घटनास्थलमै मृत्यू भएको छ ।

बलेरो पीकअप जीपले २०८२ जेठ १० गते राती ११ः३० बजेको समयमा व्यास–३ बीस घरेबाट चापाघाट तर्फ जाने क्रममा ग २ च ५७६० नं को सवारी दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा पाँच जनामध्ये चालक र चालकको साथमा गएका धिरज रौनियारको जीवन सुरक्षित देखिएको छ भने व्यास–५ पाटन घरभएका बर्ष २८ का प्रविन आले, बर्ष २२ का कुसल थापा र बस्ने बर्ष २० का कुमार आलेको घटनास्थलमै मृत्यु भएको छ ।

Related posts

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

admin

फेरी बढ्दै ओमिक्रोन

admin

प्लाष्टिक झोला मुक्त व्यासकार्यान्वयन फितलो, संशयको घेरामा प्लाष्टिक मुक्ति

admin