23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

सत्यवतीको प्रअमा पौडेल

दमौली/सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सिफारिसमा व्यास नगरपालिकाले सत्यवती माध्यमिक विद्यालयमा कार्यरत प्रथम तहका शिक्षक इन्द्रप्रसाद पौडेललाइ सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको छ ।

व्यास नगरपालिकाले विद्यालय विकास प्रस्ताव मागेर दाखिला गर्ने प्रअ बन्न इच्छुक शिक्षकहरु मध्येबाट पौडेलको नाम व्यवस्थापन समितिले सिफारिस गरेको थियो । विद्यालयको प्रधानाध्यापक बन्नका लागि बहालवाल प्रधानाध्यापक पुष्पकला भट्टराई, अनिल श्रेष्ठ र रुक्मणी पौडेलले विद्यालय विकास प्रस्ताव पेश गरेर प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने जोश, जाँगर र उत्साह देखाएका थिए । ती मध्येबाट पूर्व प्रधानाध्यापक समेतको जिम्मेवारी निर्वाह गरिसकेका इन्द्र पौडेललाई पुनः व्यवस्थापन समितिले प्रअका लागि नाम सिफारिस गरेको
थियो ।
प्रतिष्प्रर्धि प्रधानाध्यापकहरुले इन्द्र पौडेलको नाम सिफारिस पछि अनुमोदन भै जेठ ११ गते आईतवार पदस्थापन भएपछि कार्यकक्षमा पुगेर बधाई ज्ञापन गरेका
थिए । टंकनाथ पराजुली नेतृत्वको सत्यवती टीमले सञ्चालक समितिको रचनात्मक सहयोगका आधारमा विद्यालयको शैक्षिक गुणस्तरलाई देशव्यापी रुपमा प्रख्यात गराउन सफल भएको थियो भने पराजुली पछिको नेतृत्व सम्हालेका इन्द्र पौडेलले त्यो शाखलाई खस्कन नदिएर शिक्षकहरुको सामूहिक प्रयासलाई समन्वयात्मक नेतृत्व प्रदान गरेका थिए । इन्द्र पौडेल पछिको खस्कदो शैक्षिक गुणस्तरले पुनः इन्द्र पौडेलको आवश्यकता महसुस भएको अभिभावकहरुको बुझाई रहेको छ ।

Related posts

सप्ताहव्यापी विश्व खाद्य दिवस

Deepak Joshi

व्यास नगर राष्ट्रपति रनिङ शिल्ड मंसिर १ र २ मा

admin

गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन

admin