19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

नारी

रश्मिका सुवेदी शिक्षकः श्री जनजुक्त शाही मावि साँगे

छोरी भइ जन्म लियौ पछि भयौ नारी
घर फेरियो थर फेरियो भयौ बुहारी
संसारको श्रृष्टी कर्ता ममताकी खानी
सबको पेट भरेर नै बन्छिन आफू रानी

गृहणी हो मुख्य पेसा डाक्टर पाइलट भएपनि
छैन उनको कदर कतै जति पिडा सहेपनि
प्रशंसाकी भोकी उनी मायामा नै लजाउँछिन
भित्र बाहिर सिर्जनाले गृहस्थी सजाउँछिन

नारी आमा, मकन ममता प्यार दिन्छिन अपार
हाँसो भर्छिन हरपल खुसी छर्दै सुन्दर मुहार
नारी छोरी मगमग फूली दिव्य छर्छिन सुवास
सीता, भृकुटी, पारिजात नाम प्यारो छ खास
लिन्छिन पीडा अतिशय खपी वाध्यतामा परेर

बाँच्छिन नारी पलपल मरी लास जस्तो बनेर
गृहस्थी समाल्ने जिम्मा उनकै काँधमा छ
थोरै बाटो मोडियो भने जीवन दोसाँधमा छ
चौकोमा मात्र नबस उठ अब आँट लिएर

Related posts

मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो

admin

मितेरी क्लबको साँस्कृतिक मोह

admin

सम्बन्ध विच्छेद पछिको अधिकार

admin