22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

विधेयक फिर्ता लिन महासंघको आग्रह

काठमाण्डौं/नेपाल पत्रकार महासंघले एक विज्ञप्ती प्रकाशित गरी मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन सरकारसंग आग्रह गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन दवाव दिन महासंघले आन्दोलन गर्दे आएको उल्लेख गर्दे विज्ञप्तीमा महासंघको घोषित आन्दोलनहरुमा सक्रिय सहभागि हुन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघसंस्था, पेशाकर्मी नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुसंग आव्हान गरिएको छ । यसैबीच सरकारले ल्याएको विज्ञापन विधेयकमा क्लिन फिडको व्यवस्था गरेको कुरालाई महासंघले सकारात्मक रुपमा लिएको जनाएको छ । मंगलबार महासचिव रमेश विष्टद्वारा प्रकाशित विज्ञप्तीमा क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने विश्वासमा महासंघ रहेको समेत उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ ‘पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा रहँदै आएको थियो । विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ महासंघले हिजो आन्दोलनको तसा्रे चरण अन्तर्गत बसन्तपुरमा कविता वाचन तथा कार्टुन चित्र प्रदर्शनी सम्पन्न गरेको छ ।

Related posts

पशु अधिकारका पक्षमा

admin

अध्यापन अनुमति पत्रको परीक्षा आवेदन खुल्यो ?

admin

५१औं बर्षमा निर्मल

admin