22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

सिन्धुको दोस्रो वार्षिक उत्सव सम्पन्न

दमौली/१३,पुस

तनहुँको व्यास नगरपालिका ५ साँगे सेरा स्थित सिन्धु आधारभूत विद्यालयको आयोजित दोस्रो वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सोमवार सम्पन्न भएको छ ।

बार्षिक उत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि वडाध्य़क्ष मोहनकुमार श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी अभिभावक, शि़क्षकको साथसाथै समुदाय र स्थानीय सरकारको संयुक्त प्रयास हुनु पर्ने बताएका छन् । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउन सके मात्रै शिक्षाको विकासमा टेवा पुग्ने श्रेष्ठको धारणा थियो । विद्यालयकी अध्यक्ष बिमला कुमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अक्षयकोष दाता चिरन्जीवी पण्डित सेरा चापाटार टोल विकास संस्थाका अध्यक्ष रामलाल कुमाल, युवा व्यवसायी बाबुलाल कुमाल, सहायक प्रधानाध्यापक तारा बहादुर थापा, शिक्षिका तिलसरा थापा, लगायतकाले शैक्षिक गुणस्तरमा जोड दिएका थिए । विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले आर्थिक वर्ष २०७६।०७७ को आय व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

युवा उद्यमी एवं जुना कुर्था पसलकी संचालिका व्यास नगरपालिका ३ निवासी जुना खातुनले सिन्धु आधारभूत विद्यालयलाई सोमबार मास्क र साबुन हस्तान्तरण गरेकी छन । सोही दिन विनिता भिष्म अक्षयकोष स्थापना गरिएको छ । २५ हजार ५ सय रुपैयाँको सो अक्षयकोष स्थापना गरिएको हो । व्यास नगरपालिका ६ काफ्ले फाँटमा जन्मिइ हाल चाइनाको सिञ्ज्याङ प्रान्तको अन्तर्राष्ट्रिय स्कुल अफ चिल्ड्रेनमा शिक्षण पेशामा कार्यरत विनिता काफ्लेले सो अक्षयकोष स्थापना गरेकी हुन । आफ्नो खर्च कटाएर कमजोर बालबालिकाहरुका लागि सहयोग पुऱ्याउन विनिताले सो अक्षयकोष स्थापना गरेकी हुन । उक्त अक्षयकोष वापतको रकम वाणिज्य बैंक लिमिटेड दमौली शाखामा राखिने र त्यसको ब्याजबाट गरीब तथा विपन्न बालबालिकाहरुलाई वर्षेनी शैक्षिक सामग्री उपलब्ध गराइने विद्यालयले जनाएको छ ।

Related posts

अचम

admin

महिला आन्दोलनको बदलिदो आयाम

admin

आर्थिक आतंकवादको विकल्प के ?

admin