21.7 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

पत्रकार महासंघ तनहुमा अधिकारी

दमौली/नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको मंसिर २८ गते सम्पन्न अधिवेशनमा खसेको कुल ४८ मत मध्ये ३३ मत प्राप्त गर्दै अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साथै, अध्यक्ष पदका अर्का उम्मेदवार नारयण खड्काले ११ मत प्राप्त गरेका थिए ।


अधिवेशनमा खुल्ला उपाध्यक्षमा प्रताप राना, सचिवमा कृष्णचन्द्र न्यौपाने, खुल्ला सहसचिवमा ऋषिकान्त दुवाडी, खुल्ला सदस्यमा विकास खनाल, विष्णु गौतम, उपेन्द्र खनाल, राजेश्वर हड्खले निर्वाचित भएका छन् ।
साथै, महिला उपाध्यक्षमा सम्झना रसाइली, समावेशी सहसचिवमा किरण श्रेष्ठ, कोषध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, दलित सदस्य मुना कालिराज विके, आदिवासी जनजातिमा चित्र गुरुङ, अन्य समावेशी सदस्यमा रामशरण नेपाली, सङ्घीय परिषद् सदस्य खुल्लामा प्रदिप काफ्ले, सङ्घीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य महिलामा सुनिता थापा निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र देखि जिल्लासम्म प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन भएको
थियो । त्यस्तै तनहुँ शाखाको अध्यक्ष प्रेस युनियनको भागमा परेको थियो ।

Related posts

व्यासको सार्वजनिक सुनुवाई भोली

admin

विद्यालय मर्जसँगै सिकाई वातावरणको चिन्ता

Deepak Joshi

निशुल्क बारिष्टा तालिम प्रदान

admin