Tanahun Awaj
समाचार

नेकपाको सन्देशमूलक कार्य

दमौली/नेकपा माओवादी ‘विप्लव’ ले आफ्नो ‘कृषि कार्यक्रम’ लाई प्रभावकारी कार्यान्वयन गरेर फरक खालको राजनीतिक सन्देश दिएको छ ।
चन्दा उठाउने पार्टी चलाउने आरोप खेप्दै आएको सो पार्टीले यो भने एउटा रचनात्मक काम गरेको छ । कृषि प्रधान देशका अधिकाँश उब्जायोग्य जमिन बाँझै रहेको अवस्थामा राजनीतिक दलले यस बर्ष बन्दिपुरमा बाँझिएको करिब २५ रोपनी जग्गामा एक सय मुरी धान फलाएको समाचार सार्वजनिक भएसंगै अरु सत्तासिन राजनीतिक दलहरुलाई एक खालको दवाव पनि दिएको छ । मत संख्या र संसद सदस्य संख्याले ठूला भनिएका दलले अब यस्तै रचनात्मक र उत्पादन मूलक अभियान चलाए मात्रै ८४ चुनावमा जनमत पाउने देखिन्छ ।

Related posts

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin

महिनौ सडक अवरुद्ध

admin

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin