Tanahun Awaj
समाचार

नेकपाको सन्देशमूलक कार्य

दमौली/नेकपा माओवादी ‘विप्लव’ ले आफ्नो ‘कृषि कार्यक्रम’ लाई प्रभावकारी कार्यान्वयन गरेर फरक खालको राजनीतिक सन्देश दिएको छ ।
चन्दा उठाउने पार्टी चलाउने आरोप खेप्दै आएको सो पार्टीले यो भने एउटा रचनात्मक काम गरेको छ । कृषि प्रधान देशका अधिकाँश उब्जायोग्य जमिन बाँझै रहेको अवस्थामा राजनीतिक दलले यस बर्ष बन्दिपुरमा बाँझिएको करिब २५ रोपनी जग्गामा एक सय मुरी धान फलाएको समाचार सार्वजनिक भएसंगै अरु सत्तासिन राजनीतिक दलहरुलाई एक खालको दवाव पनि दिएको छ । मत संख्या र संसद सदस्य संख्याले ठूला भनिएका दलले अब यस्तै रचनात्मक र उत्पादन मूलक अभियान चलाए मात्रै ८४ चुनावमा जनमत पाउने देखिन्छ ।

Related posts

शिव माविमा युथ एडप्ट अभिमुखीकरण

admin

निर्वाचन नजिकिदै गर्दा दलहरुमा बढ्दो आन्दोलित मानसिकता

admin

बाटोमा मिल्किएका सोलार ड्रायर

Deepak Joshi