Tanahun Awaj
समाचार

अग्राधिकारमा जोशीको निवेदन

दमौली/व्यास नगरपालिका नगर प्रमुखका उम्मेदवार दीपकराज जोशीको उत्प्रेषण रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले दीपकराज जोशीले दिएको उत्प्रेषणको निवेदनमा सो आदेश दिएको हो । २ मंसिरको आदेशमा भनिएको छ–निवेदनको टुंगो लाग्दाका बखत ठहरे बमोजिम हुने नै हुँदा हाललाई अन्तरिम आदेश दिन मिलेन । स्थानीय तहको निर्वाचन परिणामको वैद्यता एवं सो उपरको उजुरीमा अदालतबाट भएको फैसला कार्यान्वयनमा प्रश्न उठाइएको अवस्था भई चाँडो निर्णय हुनपर्ने प्रकृतिको देखिंदा सर्वोच्च अदालत नियमाली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिइएको छ । नियमानुसार गर्नु ।
आदेश भएको मितिले एक हप्ताभित्रै अर्को पेशी तोक्नु पर्ने नियम ७३ ले भनेको छ ।

Related posts

आठौं तनहु–२०७८ महोत्सव स्थगित

admin

भिमाद नगरको बनभोज कार्यक्रम

admin

संविधान नै देशको हरेक समस्याको कारण बनेको छ– जोशी

admin