20 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

जोशीको अभियानले गर्माएको तनहुँको राजनीति

दमौली/जनताको टिकटबाट चुनाव लड्ने अभियानलाई पाँचौं चरणमा झनै प्रभावकारी रुपमा अगाडि बढाउँदै नेपाली काँग्रेसका सहमहामन्त्री गोविन्दराज जोशी चैत्र ६ गतेदेखि तनहुँमा व्यस्त छन् । जोशीले तनहुँमा आफ्ना गतिविधिहरु प्रभावकारी रुपमा अगाडि बढाउन थालेपछि बाँकी नेताहरु रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, ध्रुब वाग्ले लगायतका नेताहरुसमेत आफ्नो ध्यान तनहुँ केन्द्रित गराएका
छन् ।
नेपाली काँग्रेसको सत्ताकेन्द्रित राजनीतिबाट १८ बर्ष बाहिर पारिँदा, पार्टीको सदस्यता खोसिँदा पनि नेता जोशीले दुबै निर्वाचन क्षेत्रका मतदातसंग पुगेर काम गर्ने जिउँदो नेताको विश्वास आर्जन गर्न थालेपछि तनहुँ जिल्लाको राजनीति गर्माएको
छ । दुवै क्षेत्रका निष्ठावान काँग्रेस कार्यकर्ताहरुले भावनात्मक रुपमा एकिकृत काँग्रेसको सन्देश दिएर नेपाली काँग्रेस तनहुँलाई स्थानीय तनहुँको चुनावमा लैजान नेतृतव पंक्तिलाई दवाव दिएका छन् । त्यस्तो दवावको शुरुवात भानु नगरसमितिले बैठक बसेर निर्णय नै गरेर प्रारम्भ गरेको छ ।
जनताका घरघरमा पुगेर राय सुझाव लिएका नेता जोशीले जनभावनाको कदर गर्दै तनहुँको दुवै निर्वाचन क्षेत्रमा पाँच पाँच जना रहेको वार्ता समिति समेत गठन गरेका छन् । सो समितिले बैठक बसेर पालिकास्तरको वार्ता समिति पनि गठन गरेको छ । वार्तामा प्राथमिकता नेपाली काँग्रेसको आव्हानलाई दिईने बताइएको छ । नेपाली काँग्रेसले वार्ताद्वारा समस्याको समाधान खोज्ने चासो नदेखाएमा जो जससंग कुरा मिल्छ उसंग वार्ता गरेर चुनावी गठबन्धन गर्ने तयारीमा जोशी समूह अग्रसर देखिएको छ ।
एक हप्ताको दमौली बसाईका क्रममा नेता जोशीको दैनिकी व्यस्त देखिएको छ । चुनावी रणनीति तयार गर्न खप्सि मानिएका जोशीले संसदीय निर्वाचनमा क्षेत्र नं. १ मा आफूले उम्मेदवारी दिने घोषणा गरिसेका छन् ।
त्यसै गरी व्यास नगरपालिकाको मेयरमा दीपक राज जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Related posts

admin

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin

जनजाती महोत्सवको तयारी तिब्र

Deepak Joshi