Tanahun Awaj
समाचार

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

ऋषिङ÷ऋषिङ गाउँपालिकाद्वारा गाउँपालिकाको आयोजनामा शुक्रबार गाउँपालिकाको कार्यलयमा छुवाछुत र भेदभाव विरुद्ध गाउँपालिका स्तरीय वृहत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जातीय छुवाछुत र विभेद अन्त्यको लागि राजनीतिक क्षेत्रबाट योगदान दिने टुनबहादुर नेपाली र डम्बर विक (मामा)लाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । त्यसै गरी दलित समुदायको जागरणमा अग्रसर रहेको भन्दै ऋषिङ ५ लोचेडाँडाका दलित समुदायलाई र दलित समुदायको विकासमा जुटेका ऋषिङ ३ दुवुङका लालबहादुर आलेलाई समेत दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।
ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य डिलबहादुर नेपालीले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेशका आन्तरिक मामिला पुर्व मन्त्री डोवाटे विक,ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, नेपाली कांग्रेस महासमिति सदस्य रामकृष्ण विक, ऋषिङ गाउँपालिका दलित समन्वय समितिका सचिव डोलराज नेपाली, माओवादीका नेता विरबहादुर थापा, एमाले ऋषिङ गाउँपालिका अध्यक्ष गणेशकुमार श्रेष्ठ, नेपाली कांग्रेस ऋषिङ गाउँपालिकाका सभापति भोजराज रानाभाट, नेपाली कांग्रेस तनहुँका सदस्य नोकबहादुर विक, माओवादी केन्द्रका नेता डिलबहादुर नेपाली, माओवादीका नेता डम्बर बहादुर विक (मामा), ऋषिङ ७ का वडा अध्यक्ष दुर्गाबहादुर थापा, ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई, जिल्ला समन्वय समिति तनहुँका सदस्य डोलबहादुर सुनार लगायतले छुवाछुत र भेदभाव विरुद्ध बोलेका थिए ।
कार्यक्रममा पालिकाका दलित र गैर दलित गरी करिव ३ सयको उपस्थिती रहेको थियो । कार्यक्रमको खुसीयालीमा स्थानीय परियारहरुले पञ्चेबाजा सहित नाचगान समेत गरेका थिए ।

Related posts

व्यास न.पा.लाई हम्मेहम्मे

admin

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

Deepak Joshi

जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता

admin