21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

प्राथमिकतामा विद्यार्थी

पोखरा/प्रधानमन्त्री तथा कूलपति प्रमुख अतिथि रहेको पोखरा विश्वविद्यालयको १८औं दिक्षान्त समारोहका समाचारको प्राथमिकतामा दक्षित विद्यार्थी बनेका छन् । पोखराको लेखनाथमा रहेको पोखरा विश्वविद्यालयले फागुन ८ गते सोमबार दिक्षान्त समारोहको आयोजना गरेको थियो । पब्लिक द्धप् टेलिभिजन लगायतका विभिन्न सञ्चार मध्यमले सो कार्यक्रमको समाचारमा विद्यार्थीलाई प्राथमिकतामा प्रकाशन तथा प्रसारण गरेका थिए ।
प्रधानमन्त्रीले छोटो लिखित भाषण गरेर हतार हतारमा विदा लिन खोजेपछि दिक्षित हुन प्रतिक्षामा बसेका विद्यार्थी आर्दश सुवेदी उठेर बोले– ‘प्रधानमन्त्री ज्यू, मेरो प्रस्तावको उत्तर चाहिन्छ है ! ’ ति विद्यार्थीलाई रोक्दै प्रधानमन्त्रीका सुरक्षाकर्मिले त्यस्तो कार्यक्रम होइन भन्दै रोक्न खोजे । नरोकिएका विद्यार्थी सुवेदीले थपे– ‘प्रधानमन्त्री गएपछि मेरो प्रश्नको मूल्य हुँदैन ।’ आदर्शले अगाडि भने– ‘यहाँ पाएको गोल्डमेडल दराजमा थन्याउन बाहेक के काम लाग्छ ?’ यति भन्दा विद्यार्थीहरुको हुटिङ्गले आर्दश सुवेदीको भनाईलाई समर्थन गरिरहेको थियो भने प्रधानमन्त्री विद्यार्थीको प्रस्ताव र जिज्ञासा नसुनी भागेका थिए । अनि विद्यार्थीहरुले भन्न थाले ‘जनताको प्रश्नको जवाफ दिन नसक्ने हो भने राजीनामा दिए भै गो नि ।’ लगत्तै आर्दशले थपे– ‘भाग्ने हो भने राजीनामा चाहियो ।’ जननिर्वाचित व्यक्तिहरु विद्यार्थीको जिज्ञासाबाट भागेर गणतन्त्र बचाउन अब कठिन हुनेमा आमनेपाली सहमत हुने विन्दुमा पुग्ने अवस्था तर्फ यिनै नेताहरुले धकेल्न थालेका छन् ।

Related posts

‘मुलुकको हितमा गठबन्धन’

admin

व्यासको कार्यापालिका बैठक

admin

अर्ब नाघ्यो व्यासको बजेट

admin