32.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

गल्बुबेसीमा बालक्लब

दमौली/व्यास १ गल्बुबेसीमा सुहाना श्रेष्ठको अध्यक्षतामा मंगलबार बालक्लब गठन भएको छ ।
छाब्दी प्रवेशद्वार टोल विकास संस्था मातहत रहने गरी गठित बालक्लबको उपाध्यक्ष समता श्रेष्ठ, सचिव निश्चल कार्की, कोषाध्यक्ष विपिका अधिकारी तथा सहसचिवमा अवतार पराजुली रहेका छन् । टोल विकास संस्थाका अध्यक्ष रामजी तिमल्सिनाका अनुसार क्लबका सदस्यहरुमा शिक्षा पोखरेल, तपस्या क्षेत्री, प्रकाश हड्खले, सिया विक, सिम्रन पुरी, प्रजिना पन्थ, सुप्रिया क्षेत्री, रिया गुरुङ, समिर गुरुङ, र प्रनिशा श्रेष्ठ रहेका छन् ।
बालबालिकाको नेतृत्व क्षमता विकास तथा सामुदायिक काममा अग्रसर हुने बानीको विकास गर्ने खालका कार्यक्रम टोल विकास संस्थाको तर्फबाट मासिक रुपमा गरिने टोल विकास संस्थाका सचिव गणेश गुरुङले बताए ।
क्लब गठन कार्यक्रममा टोल विकास संस्थाकी निवर्तमान अध्यक्ष गंगादेवी गुरुङ, नेपाली कांग्रेस छाब्दी प्रवेशद्वार टोल विकास संस्था कार्यसमितिका सभापति हरिबहादुर थापा, गल्बुबेसी टोलसुधार आमा समूहकी अध्यक्ष सिता गोदार लगाएतको उपस्थिती रहेको थियो ।

Related posts

दश विद्यालयलाइ स्वास्थ्य सामाग्री

admin

सम्पर्क कार्यालय उद्घाटन

admin

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin