25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

घटना घटेको होइन, घटाइएको होः लामिछाने

दमौली/जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषि ठहरिएका नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दिप लामिछानेले आफु सो घटनामा निर्दोष रहेको भन्दै घटना घटेको नभै घटाइएको बताएका छन् ।
लामिक्षनेले मंगलबार फेसबुकमा एक स्ट्याटस लेख्दै आफुलाई सो मुद्दामा फसाइएको भनेका छन् र फसाउनेहरुलाई प्रमाण सहित पेस हुन चुनौती दिएका छन । उनले लेखेका छन्– मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन ।
लामिछानेको मुद्दा अहिले उच्च अदालत पाटनमा चलिरहेको छ । आइतबार पेशी रहेको लामिछानेको मुद्दा हेर्न नमिल्ने भन्दै सारेपछि उनले मंगलबार सो स्ट्याटस लेखेका हुन् ।

Related posts

घर नक्सा निःशुल्क

admin

तेइसदिने निरन्तर सडक संघर्षमा शिक्षक, चौतर्फि समर्थनमा जीवन्त शिक्षक आन्दोलन

admin

पत्रकार न्यौपाने पुरस्कृत

admin