22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

शुनपाको शैक्षिक अभियान

दुलेगौंडा/शुनपाले नयाँ शैक्षिक सत्र २०८१ लाई विशेष अभियानका साथ सञ्चालन गर्न बुधबार एक अपिल प्रकाशित गरेको छ । शुनपाबाट त्रिलोचन लम्सालले दिनुभएको जानकारी अनुसार नगरपालिकाले विभिन्न सात निर्णय गरेर नयाँ शैक्षिक सत्रलाई ‘बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श नाराका साथ अभियान चलाएको छ ।
शुनपाको पहिलो निर्णयमा २०८१ लाई शैक्षिक गुणस्तर बर्षको रुपमा घोषणा र कायान्वयन गर्ने निर्णय गरेको छ । दोस्रो निर्णयमा कक्षा १–८ लाई अनिवार्य र निःशुल्क गरेको छ । तेस्रोमा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य रुपमा अनिवार्य रुपमा सन्ततीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने भनेको छ । दरबन्दी मिलान, अनुगमन, प्रोत्साहन अनुदान लगायतका निर्णय गरेको छ ।

Related posts

घिरिङमा निवृत्त शिक्षक भेला तथा सम्मान

Deepak Joshi

आठौं दिनमा आठौं महोत्सव

admin

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin