Tanahun Awaj
समाचार

उद्घोषण कला सिक्दै फरक क्षमताका व्यक्ति

दमौली/फरक क्षमता भएका व्यक्तिहरु उद्घोषण कला सिग्दैछन् । व्यास नगरपालिकाको दुई लाख आर्थिक सहयोगमा अपाङ्ग महिला सशक्तिकरण समाज तनहुँले व्यास नगरक्षेत्रभित्र र कार्यसमिति भित्रका अपाङ्गता भएका किसोर किसोरीहरु, महिला तथा अभिभावकहरु समेत करिब ३५ जनालाई उद्घोषण कला सिकाई रहेको छ । चैत्र २६ गतेबाट शुरु भएको तालिम २९ गते समापन हुँदै छ । व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्नुभएको सो तालिममा मुख्य प्रशिक्षकको रुपमा पत्रका अञ्जना तिमिल्सिनाले सहजीकरण गरेको उपाध्यक्ष तारा कुमारी पोख्रेलले बताईन् ।
समाजकी अध्यक्ष सीतादेवी कुवँरको अध्यक्षमा भएको सो कार्यक्रमको सञ्चालन बालकुमारी रेग्मीले गरेकी थिईन । तालिमको पहिल्लो दिनमा बीऊ पुँजी वितरण गरेर तालिमको समापन गरिने छ ।

Related posts

रक्तदाता सचेतना कार्यक्रम

admin

एसइइमा तनहुँको नतिजा

Deepak Joshi

सरकारलाई वकिलको दवाव

admin