21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

आजबाट छैठौ महोत्सव

दमौली/नेपाल आदिवासी जनजाति महासंघ तनहुँद्वारा आजदेखि सञ्चालन हुने छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने यो महोत्वको मूल नारा रहेको संयोजक सनम तामाङले जानकारी दिनुभयो । महोत्वको आवरणलाई आकर्षक बनाउन विभिन्न स्थानमा स्वागत गेट, मगर, दरै, कुमाल र माझीको परम्परागत घर, स्टल निर्माण गरिएको छ ।

महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले आज पुस २४ गते महोत्सवको उद्घाटन गर्ने आयोजकले बताएको छ । महोत्सवको आकर्षणको रुपमा आइफिल टावर, लण्डन ब्रिजको आभास गर्न पाइने रहेका छन् । मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता यो महोत्सवको प्राथमिक आकर्षण रहेका छन् । महोत्सवको मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण संकल्प भएकोले आम्दानी बढाउने लक्ष्य आयोजकको रहेको छ ।
महासंघका सचिव जीवन गुरुङ ‘कुमार’का अनुसार महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहेको छ ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट करिब रु.७३ लाख आम्दानी हुने ५८ लाख खर्च हुने अनुमान गरिएको परिषद्का कोषाध्यक्ष ठाकुुर दरैले बताउनु
भयो । जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महासंघका उपाध्ययक्ष शेर बहादुर बोटेले महोत्सवमा १५० वटा स्टल पूर्ण रुपमा निर्माण भइसकेको बताउनुभयो । महोत्सवमा नायक पल शाह, गायक बद्री पंगेनी, गायिका शान्तिश्री परियार, ज्योति मगर, प्रिती आले, प्रकाश सपुत, दुर्गेश थापा, कमल खत्री, खेम सेन्चुरी, प्रताप दास, बबिता किराती, समिक्षा अधिकारी, एलिना चौहान, सञ्जिव सिंह राना, रवि रिमाल, मुना अर्याल, प्रेरणा गिरी लगायतका चर्चित राष्ट्रिय कलाकारको प्रस्तुतिले महोत्सवमा अनुमान गरिएभन्दा बढी दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहनेमा आयोजक विश्वस्त देखिन्छ ।

Related posts

पूर्व विद्यार्थी मञ्चको साधरण सभा

admin

ऋषिको तपोभूमि कृष्णगण्डकी तट

admin

नगरवासीको आवाजलाई नगरपालिकाले गर्यो‍ कदर जिल्ला ट्राफिक कार्यालयलाई सदरमुकाममै व्यवस्थापन

admin