20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

नेकपा एमालेमा चुनावी सरगर्मि बढ्यो

पाँचजना आकाँक्षीका बीचबाट सर्वसम्मत निर्णय आउने आँकलन

दमौली/नेकपा एमाले तनहुँको ११औं अधिवेशन तोकिएको मिति सारेर बैशाख २८ र २९ गते गर्ने निर्णय गरेसंगै अहिले अधिवेशन प्रतिनिधिहरु भेटघाट र लविङ्ग गर्न आकाँक्षीहरु ग्रुपग्रुपमा गाउँ गाउँ पुगेका छन् । नेकपा एमाले तनहुँको अधिवेशन २०८१ बैशाख ७ र ८ लाई तोकिएको थियो । तर नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को केन्द्रिय महाधिवेशन समितिको बैठक पनि बैशाख ८ र ९ गतेलाई नै तोकिएपछि तनहुँ अधिवेशनका प्रतिनिधि नै राष्ट्रिय प्रतिनिधि परिषद्का प्रतिनिधि समेत रहेको अवस्थामा नेकपा एमाले तनहुँको ११औं वैठकले अधिवेशन बैशाख ८ र ९ बाट सारेर बैशाख २८ र २९ मा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
नेकपा एमालेको ११औं अधिवेशनबाट नेकपा एमालेको नेतृत्व लिने आँकाक्षीहरु धेरै जना भएतापनि अन्ततः सर्वसम्मत निर्णयबाट नेतृत्व चयन गरिने अनुमान एमाले बृत्तमा चलेको
छ । आकाँक्षीहरुको संख्या बढी हुनुमा पधाधिकारीका आकाँक्षीमा आफ्नो दावी बलियो बनाउनका लागि आकाँक्षा देखाएको अनुमान राजनीतिक बृत्तमा गरिएको छ ।
नेकपा एमाले तनहुँको वर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँ पालिकाको अध्यक्षका रुपमा कार्यरत छन् । नेकपा एमालेले जनप्रतिनिधिमा बहल रहेका जनप्रतिनिधिहरु कार्यकारी पदमा उम्मेदवार नबनाउने नीतिगत निर्णय अनुमोदन गरिसकेको अवस्थामा श्रीप्रसाद श्रेष्ठले यस पटक एमाले तनहुँको अध्यक्षका आकाँक्षी बन्न सक्ने अवस्था
रहेन । त्यसपछिका उपाध्यक्ष हरिराज कँडेल स्वभाविक रुपमा अध्यक्ष पदका आकाँक्षी रहन सक्ने भयो । बाँकी पदाधिकारीमा रहेका राजेश्वर ढकाल, विष्णुभक्त सिग्देल, प्रदीप अधिकारीले पनि अध्यक्षको जिम्मेवारी लिने आकाँक्षा प्रकट गरेको एमाले सुत्रको दावी छ । नेकपा समाजवादीको अध्यक्षको जिम्मेवारी र भूमि आयोगको सदस्य समेत त्यागेर एकल रुपमा पुनः एमालेमा फर्केका श्रीराम कार्कीलाई पनि नेकपा एमालेको नेतृत्वको आश्वासन दिएर तानिएको अनुमान गर्नेहरुले श्रीराम कार्कीलाई पनि एमाले तनहुँको अध्यक्षको आकाँक्षीका रुपमा लिने गरेका छन् ।
देशको राजनीतिक अवस्था, चुनावमा जाँदा हुनसक्ने अस्वस्थ प्रतिष्पर्धा र ध्रुविकरण समेतलाई ध्यानमा राखेर एमाले नेतृत्वले सर्वसम्मत नेतृत्व चयनको मार्ग लिने अनुमान गरिएको छ । यो राजनीतिक अस्थिरताको परिवेशमा नेकपा एमालेको दीर्घकालिन हितलाई ख्याल गरेर सर्वसम्मत निर्णय लिने अवस्था आएमा स्वभाविक रुपमा हालका उपाध्यक्ष हरिराज कँडेलको नेतृत्वमा नेकपा एमालेको नयाँ नेतृत्व चयन हुने करिब करिक निश्चित जस्तै बनेको एमाले स्रोतको दावी छ ।

Related posts

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin

तनहुँका दशै स्थानीय तहले ल्याए बजेट

admin

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin