Tanahun Awaj
समाचार

चदारोलाई गाउपालिकाको न्यानो कपडा

तिलहार/म्याग्दे गाँउपालिकाले बहुअपाङ्गगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । एक कार्यक्रमका बीच पालिकाका उपाध्यक्ष बालकृृष्ण घिमिरेले आफनो म्याग्दे गाँउपालिका वडा नं ३  तिलहारे निवासी चन्द्र वहादुर चदारोलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । 
आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज वनाउने, उनीहरुको न्युनतम गाँसवास कपासका लागी पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेको हो । पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो । वडा नं. का वडाध्यक्ष टुकराज सिग्देलको विशेष आग्रहमा उपाध्यक्ष घिमिरेको सिफारिसमा न्यानोकपडा उपलब्ध गराइएको थियो । 
कार्यक्रममा एक थान फाईवरको सिरक, रुवाको डसना एक थान, तन्ना एक थान र सिरानी एक थान गरि कुल चार हजार तीन सय वरावरको समाग्री प्रतिपरिवार वितरण गरिएको महिला तथा वालवालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिनुभयो । 
म्याग्दे गाउँपालिकाका प्रेस सल्लाहकार राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार पालिकाले विपन्न अपाङता भएका व्यक्तिहरुलाई हालसम्म यस आर्थिक बर्षमा १५ घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । 

Related posts

परीक्षामा व्यस्त विद्यार्थीः

Deepak Joshi

बास्केटबलको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटनका क्रममा दमौलीको र्‍यालीमा सहभागि विद्यार्थी

admin

फागुन २५ मा राष्ट्रपति निर्वाचन

admin