29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

पत्रकार महासंघको २७औं महाअधिवेशनको सरगर्मि बढ्यो

काठमाण्डौ/नेपाल पत्रकार महासंघ २७औं महाधिवेशन गर्ने केन्द्रीय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको छ । महासंघको २७ औं महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा गर्ने निर्णय गरेको छ । बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ । त्यसअघि महासंघको प्रतिनिधिको उपस्थितिमा सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ । बैठकले शाखा तथा प्रदेश अधिवेशनलाई समन्वय गर्न दशवटै प्रदेशमा संयोजक तोकेको छ । सो अनुसार कोशी प्रदेशमा बाला अधिकारी, मधेस प्रदेशमा दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उदय जिएम, कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा हेमकर्ण विक, एसोसिएट प्रदेशमा पवन आचार्य, प्रतिष्ठान प्रदेशमा नारायण किलम्बुलाई संयोजक तोकिएको छ ।

Related posts

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin

विज्ञापन बोर्डको अनुरोध

admin

सत्यवतीमा गिरी

admin